भजनसङ्‌ग्रह १२०:१-७

  • शान्तिको चाह गर्ने विदेशी

    • “छली जिब्रोबाट मलाई बचाउनुहोस्‌” ()

    • “म शान्ति चाहन्छु” ()

उकालीको गीत।* १२०  सङ्‌कष्टमा पर्दा मैले यहोवालाई पुकारेँ +र उहाँले मलाई जवाफ दिनुभयो।+  २  हे यहोवा, झूट बोल्ने ओठर छली जिब्रोबाट मलाई बचाउनुहोस्‌।  ३  ए छली जिब्रो,+ परमेश्‍वरले तँलाई के गर्नुहुनेछ?उहाँले तँलाई के सजाय दिनुहुनेछ?  ४  उहाँले तँलाई योद्धाको तीखो काँड+र जलिरहेको झाडीको भुङ्‌ग्रोले+ प्रहार गर्नुहुनेछ।  ५  धिक्कार छ मलाई! किनकि म मेसेकमा विदेशीसरह बसिरहेको छु।+केदारका पालहरूमा बास गरिरहेको छु।+  ६  शान्तिलाई घृणा गर्नेहरूमाझ+म बसेको धेरै भइसक्यो।  ७  म शान्ति चाहन्छु तर जब म बोल्छु,तिनीहरू लडाइँ गर्न तम्सिन्छन्‌।

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।