भजनसङ्‌ग्रह ७:१-१७

  • यहोवा निष्पक्ष न्यायाधीश हुनुहुन्छ

    • ‘हे यहोवा, मेरो निसाफ गर्नुहोस्‌’ ()

बिन्यामिन कुलको कुसले भनेको कुराले गर्दा दाउदले यहोवासामु गाएको शोकगीत।  हे यहोवा, मेरा परमेश्‍वर, तपाईँमा मैले शरण लिएको छु।+मेरो खेदो गर्नेहरूबाट मलाई बचाउनुहोस्‌ र मलाई छुटाउनुहोस्‌।+  २  नत्र त तिनीहरूले मलाई सिंहले जस्तै लुछ्‌नेछन्‌,+मलाई लैजानेछन्‌ र कसैले मलाई छुटाउन सक्नेछैन।  ३  हे यहोवा, मेरा परमेश्‍वर, मैले केही बिराएको भए,मैले अन्याय गरेको भए,  ४  मेरो भलो गर्नेलाई हानि पुऱ्‍याएको भए,+विनाकारण शत्रुलाई लुटेको भए*  ५  मेरो शत्रुले मलाई खेदोस्‌ र मलाई पक्रोस्‌;त्यसले मलाई भुईँमा कुल्चीमिल्ची गरेर मारोस्‌र मेरो गौरव धुलोमा मिलाइदेओस्‌। (सेला)  ६  हे यहोवा, उठ्‌नुहोस्‌! आफ्नो रिस प्रकट गर्नुहोस्‌,मेरा शत्रुहरूको रिसविरुद्ध खडा हुनुहोस्‌;+मेरो लागि जाग्नुहोस्‌ र न्यायको आज्ञा दिनुहोस्‌।+  ७  जातिजातिहरूले तपाईँलाई घेर्नेछन्‌र तपाईँले तिनीहरूविरुद्ध उच्च स्थानबाट कदम चाल्नुहुनेछ।  ८  यहोवाले जातिजातिबारे फैसला सुनाउनुहुनेछ।+हे यहोवा, मेरो धार्मिकता र निष्ठाअनुसारमेरो निसाफ गर्नुहोस्‌।+  ९  बिन्ती छ, दुष्टहरूको दुष्कर्मको अन्त गरिदिनुहोस्‌र न्याय स्थापित गरिदिनुहोस्‌+किनकि तपाईँ हृदय+ अनि गहिरो भावना+ जाँच्ने* न्यायी परमेश्‍वर हुनुहुन्छ।+ १०  परमेश्‍वर मेरो ढाल हुनुहुन्छ,+ सोझो मन भएकाहरूको उद्धारक हुनुहुन्छ।+ ११  परमेश्‍वर निष्पक्ष न्यायाधीश हुनुहुन्छ,+उहाँ सधैँ दुष्टहरूविरुद्ध न्यायदण्ड सुनाउनुहुन्छ। १२  कसैले पश्‍चात्ताप गरेन भने+उहाँ आफ्नो तरबारमा सान लगाउनुहुन्छ;+उहाँ आफ्नो धनुमा ताँदो चढाउनुहुन्छ।+ १३  उहाँ आफ्नो घातक हतियार तयार पार्नुहुन्छ;उहाँ आफ्नो अग्निबाण तयार पार्नुहुन्छ।+ १४  दुष्टता गर्भधारण गर्नेलाई हेर;ऊ समस्याको जन्मदाता र झूटको बुबा हो।+ १५  उसले खाल्टो खन्छ र त्यसलाई गहिरो बनाउँछतर ऊ आफूले खनेको खाल्टोमा आफै पर्छ।+ १६  उसले ल्याएको विपत्ति उसकै शिरमा पर्नेछ;+उसले गरेको अत्याचार उसकै थाप्लोमा पर्नेछ। १७  यहोवाको न्यायको लागि म उहाँको प्रशंसा गर्नेछु;+हे सर्वोच्च परमेश्‍वर यहोवा,+ तपाईँको नामको म स्तुति गाउनेछु।*+

फुटनोटहरू

वा सम्भवतः “विनाकारण मेरो विरोध गर्नेलाई मैले छोडिदिएको भए।”
वा “हृदय अनि मिर्गौला जाँच्ने।”
वा “तपाईँको नामको प्रशंसा गर्न म धुन बजाउनेछु।”