भजनसङ्‌ग्रह ४५:१-१७

  • अभिषिक्‍त राजाको विवाह

    • अनुग्रहले भरिएको बोली ()

    • “परमेश्‍वर सदासर्वदा तिम्रो सिंहासन हुनुहुन्छ” ()

    • बेहुलीको सुन्दरता हेर्न राजा इच्छा गर्छन्‌ (११)

    • छोराहरू सारा पृथ्वीमा राजकुमार (१६)

निर्देशकलाई; “लिली”-अनुसार। कोरहवंशीको भजन।+ मास्किल।* प्रेम गीत। ४५  मेरो हृदय असल कुराले ओतप्रोत भएको छ।म भन्छु: “मेरो गीत* एक जना राजाबारे हो।”+मेरो जिब्रो सिपालु लेखकको*+ कलमजस्तै+ बनोस्‌।  २  तिमी पुरुषहरूमध्ये सबैभन्दा सुन्दर छौ।तिम्रो ओठबाट अनुग्रहले भरिएको बोली निस्कन्छ।+त्यसैले परमेश्‍वरले तिमीलाई आशिष्‌ दिनुभएको छ, जुन कहिल्यै हराएर जानेछैन।+  ३  हे वीर योद्धा,+ आफ्नो कम्मरमा तरबार भिर+अनि आफ्नो वैभव र गौरव धारण गर।+  ४  पूरै वैभवमा सवार भएर विजयतर्फ* अघि बढ;+सत्य, नम्रता र धार्मिकताको लागि सवार होऊ+अनि तिम्रो दाहिने हातले अचम्म-अचम्मका कामहरू गर्नेछ।*  ५  तिम्रा तीखातीखा काँडहरूले राजाका शत्रुहरूको मुटु नै छेड्‌छ+अनि तिनीहरू तिम्रो चरणमा आएर ढल्छन्‌।+  ६  परमेश्‍वर सदासर्वदा तिम्रो सिंहासन हुनुहुन्छ;+तिम्रो राज्यको राजदण्ड न्यायको राजदण्ड हो।+  ७  तिमी धार्मिकतालाई प्रेम गर्छौ+ र दुष्टतालाई घृणा गर्छौ।+त्यसैले परमेश्‍वरले, तिम्रै परमेश्‍वरले तिमीलाई तिम्रा साथीहरूलाई भन्दा बढ्‌ता गरेर हर्षको तेलले+ अभिषेक गर्नुभएको छ।+  ८  तिम्रो पोसाकबाट मर्र,* अगरु* र क्यासियाको* बास्ना आउँछ;हस्तिदन्तले सजिएको राजमहलमा बजिरहेको सुरिलो धुनले तिमीलाई हर्षित तुल्याउँछ।  ९  तिम्रा माननीय स्त्रीहरूमा राजकुमारीहरू पनि छन्‌।तिम्रो दाहिने हातपट्टि ओपिरको सुनले झकिझकाउ रानी छिन्‌।+ १०  सुन, हे छोरी, कान थापेर सुन;आफ्ना मानिसहरू र आफ्नो बुबाको घरलाई बिर्स। ११  अनि तिम्रो सुन्दरताले राजालाई मोहित पार्नेछकिनकि उनी तिम्रा स्वामी हुन्‌,त्यसैले उनलाई दण्डवत्‌ गर। १२  टायरकी राजकुमारी उपहार लिएर आउनेछिन्‌;धनी मानिसहरूले तिम्रो निगाह खोज्नेछन्‌। १३  राजमहलभित्र राजकुमारी अति शोभायमान देखिन्छिन्‌;सुन जडिएको पोसाकमा तिनी सजिएकी छिन्‌। १४  बुनिएको सानदार पोसाकमा* तिनी राजासामु पुऱ्‍याइनेछिन्‌।तिनका कुमारी सहेलीहरूले तिनलाई पछ्याउनेछन्‌। १५  तिनीहरू हर्ष र रमाहटका साथ आउनेछन्‌;तिनीहरू राजमहलभित्र प्रवेश गर्नेछन्‌। १६  तिम्रा पुर्खाहरूको स्थान तिम्रा छोराहरूले लिनेछन्‌।तिमीले तिनीहरूलाई सारा पृथ्वीका शासक ठहराउनेछौ।+ १७  म तिम्रो नामबारे पुस्तौँपुस्तासम्म घोषणा गर्नेछु।+त्यसैले मानिसहरूले सदासर्वदा तिम्रो प्रशंसा गर्नेछन्‌।

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शा., “मेरो रचना।”
यसले प्रतिलिपि उतार्न सिपालु व्यक्‍तिलाई जनाउँछ।
वा “सफलतातर्फ।”
शा., “तिमीलाई अचम्म-अचम्मका कामहरू सिकाउनेछन्‌।”
शब्दावली हेर्नुहोस्‌।
यसले बाइबलकालीन समयमा अत्तर बनाउन प्रयोग गरिने बास्नादार तत्त्व भएको रूखलाई जनाउँछ।
दालचिनीजस्तै एक प्रकारको रूख वा त्यसको उत्पादन।
वा सम्भवतः “बुट्टा भरिएको पोसाकमा।”