भजनसङ्ग्रह ८२:१-८
आसापले रचेको भजन।+
८२ परमेश्वर आफ्नो सभामा विराजमान हुनुहुन्छ;+ईश्वरहरूको* बीचमा उहाँले न्याय गर्नुहुन्छ+ र यसो भन्नुहुन्छ:
२ “तिमीहरू कहिलेसम्म अन्याय गरिरहन्छौ?+अनि कहिलेसम्म दुष्टको पक्ष लिइरहन्छौ?+ (सेला)
३ दीनदुःखी र अनाथहरूलाई* न्याय दिलाओ,+असहाय र दरिद्रहरूको इन्साफ गर।+
४ दीनदुःखी र गरिबहरूको उद्धार गर;दुष्टको पन्जाबाट तिनीहरूलाई छुटाओ।”
५ तिनीहरू* न केही जान्दछन् न केही बुझ्दछन्;+तिनीहरू अन्धकारमा यताउता हिँडिरहेका छन्;पृथ्वीका सबै जग हल्लिएका छन्।+
६ “मैले* भनेँ, ‘तिमीहरू ईश्वरहरू* हौ,+तिमीहरू सबै सर्वोच्च परमेश्वरका छोरा हौ।
७ तर मानिसहरूको जस्तै तिमीहरूको मृत्यु हुनेछ+अनि शासकहरूको जस्तै तिमीहरूको पनि पतन हुनेछ!’”+
८ हे परमेश्वर, उठ्नुहोस् र पृथ्वीको न्याय गर्नुहोस्+किनकि सबै राष्ट्र तपाईँकै हुन्।
फुटनोटहरू
^ वा “जो ईश्वरजस्ता छन्, उनीहरूको।”
^ वा “बुबा गुमाएका बच्चाहरूलाई।”
^ यसले पद १ मा उल्लिखित “ईश्वरहरू”-लाई जनाउँछ।
^ अर्थात्, परमेश्वर।
^ वा “ईश्वरजस्ता।”