भजनसङ्‌ग्रह १०८:१-१३

  • शत्रुहरूमाथि विजयी हुनको लागि प्रार्थना

    • “उद्धारको लागि मानिसको बाटो हेर्नु बेकार” (१२)

    • “परमेश्‍वरबाटै हामीले बल पाउनेछौँ” (१३)

एउटा गीत। दाउदले रचेको भजन। १०८  मेरो हृदय स्थिर छ, हे परमेश्‍वर।म मग्न भएर बाजाहरू बजाउँदै गीत गाउनेछु।+  २  ए तारे बाजा, ए वीणा, जाग!+म बिहानीको उषालाई ब्युँझाउनेछु।  ३  हे यहोवा, जातिजातिमाझ म तपाईँको प्रशंसा गर्नेछु;राष्ट्रहरूमाझ म तपाईँको स्तुति गाउनेछु।*  ४  किनकि तपाईँको अटल प्रेम अपार छ, त्यो स्वर्गजत्तिकै उच्च छ+अनि तपाईँको वफादारी आकाशजत्तिकै उच्च छ।  ५  हे परमेश्‍वर, स्वर्गमा तपाईँको महिमा होस्‌;तपाईँको महिमाले सारा पृथ्वीलाई ढाकोस्‌।+  ६  आफ्नो दायाँ हातले हामीलाई बचाउनुहोस्‌ र मलाई जवाफ दिनुहोस्‌+अनि जसलाई तपाईँ माया गर्नुहुन्छ, तिनीहरूले छुटकारा पाऊन्‌।  ७  परमेश्‍वरले आफ्नो पवित्रतामा* बोल्नुभएको छ:“म प्रफुल्लित हुनेछु अनि अंशको रूपमा सकेम+ दिनेछु।अनि सुक्कोथ बेँसी नापेर दिनेछु।+  ८  जसरी मनस्से मेरो हो, गिलाद+ पनि मेरै होअनि एप्रैम मेरो शिरको टोप* हो;+यहुदा मेरो लागि शासकको लौरो हो।+  ९  मोआब मेरो हातगोडा धुने बाटा हो।+एदोममा म आफ्नो जुत्ता फ्याँक्नेछु।+अनि पलिस्तियामाथि जित हासिल गरेकोमा म खुसीले कराउनेछु।”+ १०  पर्खालले घेरिएको सहरमा मलाई कसले पुऱ्‍याइदेला?एदोमसम्म मलाई कसले डोऱ्‍याइदेला?+ ११  हे परमेश्‍वर, तपाईँले नै हामीलाई त्याग्नुभएको होइन र?हे हाम्रा परमेश्‍वर, तपाईँले हाम्रो सेनाको साथ छोड्‌नुभएको छैन र?+ १२  हाम्रो दुःखमा हामीलाई सहायता गर्नुहोस्‌+किनकि उद्धारको लागि मानिसको बाटो हेर्नु बेकार छ।+ १३  परमेश्‍वरबाटै हामीले बल पाउनेछौँ +अनि उहाँले हाम्रा शत्रुहरूलाई कुल्चीमिल्ची पार्नुहुनेछ।+

फुटनोटहरू

वा “म तपाईँको प्रशंसा गर्न धुन बजाउनेछु।”
वा सम्भवतः “आफ्नो पवित्र ठाउँमा।”
शा., “गढ।”