भजनसङ्‌ग्रह ३:१-८

  • खतरा हुँदा पनि परमेश्‍वरमाथि भरोसा

    • “मेरा शत्रु किन यत्ति धेरै छन्‌?” ()

    • “उद्धार यहोवाबाटै आउँछ” ()

आफ्नो छोरा अब्सालोमदेखि भागेको बेला दाउदले रचेको भजन।+  हे यहोवा, मेरा शत्रु किन यत्ति धेरै छन्‌?+मविरुद्ध किन यत्ति धेरै मानिस छन्‌?+  २  मेरो बारेमा धेरै जना भन्छन्‌:“परमेश्‍वरले त्यसको उद्धार गर्नुहुन्‍न।”+ (सेला)*  ३  तर हे यहोवा, तपाईँले चारैतिरबाट ढालले जस्तै मेरो रक्षा गर्नुभएको छ,+मेरो शिर ठाडो पारिदिने+ र मेरो गौरव+ तपाईँ नै हुनुहुन्छ।  ४  यहोवालाई म ठूलो स्वरले पुकार्नेछुअनि उहाँले मलाई आफ्नो पवित्र डाँडाबाट जवाफ दिनुहुनेछ।+ (सेला)  ५  म पल्टनेछु र निदाउनेछुअनि म सकुशल ब्युँझनेछुकिनकि यहोवाले मलाई सधैँ साथ दिनुहुन्छ।+  ६  मविरुद्ध खडा हुने र मलाई घेर्नेहजारौँ मानिससित पनि म डराउनेछैनँ।+  ७  हे यहोवा, उठ्‌नुहोस्‌! हे मेरा परमेश्‍वर, मलाई बचाउनुहोस्‌!+तपाईँले मेरा शत्रुहरू सबैको बङ्‌गारा फुस्काइदिनुहुनेछर दुष्टको दाँत झारिदिनुहुनेछ।+  ८  उद्धार यहोवाबाटै आउँछ।+तपाईँ आफ्ना मानिसहरूलाई आशिष्‌ दिनुहुन्छ। (सेला)

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।