भजनसङ्ग्रह ३९:१-१३
निर्देशकलाई; यदुथुनको।*+ दाउदले रचेको भजन।
३९ मैले भनेँ: “आफ्नो जिब्रोले पाप नगरूँ भनेर+म होसियार भई आफ्नो पाइला चाल्छु।जबसम्म दुष्ट मेरो अगाडि रहन्छ,म आफ्नो मुखमा मोहोलो लगाउँछु।”+
२ म गुँगो भएँ र चुपचाप रहेँ;+मैले असल कुरासमेत बोलिनँतर मलाई असह्य पीडा भयो।*
३ मेरो मन भित्रभित्रै जलिरह्यो।मैले जति सोचेँ,* त्यति नै मभित्र आगो दन्कियो।तब मैले भनेँ:
४ “हे यहोवा, मेरो जीवन कहिले अन्त हुन्छ, मलाई बताइदिनुहोस्।मेरो आयु कति छ, मलाई भन्नुहोस्+ताकि म जान्न सकूँ, मेरो जीवन कति छोटो छ।
५ साँच्चै, तपाईँले मलाई थोरै* दिन मात्र दिनुभएको छ;+मेरो आयु तपाईँको अगाडि केही पनि होइन।+मानिस जति नै सुरक्षित देखिए पनि ऊ एक मुठी सास मात्र हो।+ (सेला)
६ हुन पनि मानिसको जीवन छायाजस्तै छ।ऊ व्यर्थैमा यताउता दौडधूप* गर्छ।उसले धनसम्पत्ति थुपार्छ तर कसले त्यसको उपभोग गर्छ, त्यो उसलाई थाह हुँदैन।+
७ त्यसोभए हे यहोवा, म केमा आशा राखूँ?तपाईँ मात्र मेरो आडभरोसा हुनुहुन्छ।
८ मेरा सबै अपराधबाट मलाई छुटाउनुहोस्।+मूर्ख मानिसले मलाई हाँसोको पात्र बनाउन नपाओस्।
९ म चुपचाप रहेँ;मैले आफ्नो मुख खोलिनँ+किनभने यो सब तपाईँले नै गर्नुभएको थियो।+
१० तपाईँले ममाथि ल्याउनुभएको विपत्ति हटाइदिनुहोस्।तपाईँको हातको प्रहारले म नाश भएको छु।
११ मानिसलाई सच्याउन तपाईँ उसको गल्तीको सजाय दिनुहुन्छ;+किराले* कपडा सखाप पारेझैँ मानिसले थुपारेको सम्पत्ति तपाईँ सखाप पारिदिनुहुन्छ।साँच्चै, प्रत्येक मानिस एक मुठी सास मात्र हो।+ (सेला)
१२ हे यहोवा, मेरो प्रार्थना सुन्नुहोस्,मदतको लागि मैले गरेको पुकारा सुन्नुहोस्।+मेरो आँसुलाई बेवास्ता नगर्नुहोस्।किनकि म त तपाईँको लागि एक परदेशी मात्र हुँ।+मेरा पुर्खाहरूजस्तै प्रवासी मात्र हुँ।+
१३ मर्नुअघि, नामेट हुनुअघिम हर्षित हुन सकूँ भनेरक्रोधले भरिएको तपाईँको नजर मबाट फर्काउनुहोस्।”

