भजनसङ्‌ग्रह ५:१-१२

  • यहोवा, धर्मी मानिसको शरण

    • परमेश्‍वर दुष्टतालाई घृणा गर्नुहुन्छ (४, ५)

    • “मलाई तपाईँको सत्यतामा डोऱ्‍याउनुहोस्‌” ()

निर्देशकलाई; नेहिलोथ।* दाउदले रचेको भजन। ५  हे यहोवा, मेरो कुरा सुन्‍नुहोस्‌;+मेरो सुस्केरामा ध्यान दिनुहोस्‌।  २  मेरो गुहार सुन्‍नुहोस्‌,हे मेरा राजा, हे मेरा परमेश्‍वर, किनकि म तपाईँलाई नै पुकार्छु।  ३  हे यहोवा, बिहानै तपाईँले मेरो स्वर सुन्‍नुहुनेछ;+बिहानै म तपाईँलाई आफ्नो चिन्ता पोखाउनेछु+ र तपाईँकै बाटो हेर्नेछु।  ४  किनकि तपाईँ दुष्टतामा रमाउने परमेश्‍वर हुनुहुन्‍न;+कुनै पनि खराब मानिस तपाईँसित रहन नपाओस्‌।+  ५  तपाईँसामु घमन्डी मानिस खडा हुन नसकोस्‌।दुष्ट काम गर्ने सबैलाई तपाईँ घृणा गर्नुहुन्छ।+  ६  झूट बोल्नेहरूलाई तपाईँले नाश गर्नुहुनेछ।+हिंस्रक अनि छली* मानिसहरूलाई यहोवा घृणा गर्नुहुन्छ।+  ७  तपाईँले देखाउनुहुने अपार प्रेमको* कारण+ म तपाईँको भवनमा आउनेछु;+तपाईँप्रतिको श्रद्धा र भयले गर्दा म तपाईँको पवित्र मन्दिरतिर* फर्केर दण्डवत्‌ गर्नेछु।+  ८  हे यहोवा, मलाई तपाईँको सत्यतामा डोऱ्‍याउनुहोस्‌ किनकि मलाई शत्रुहरूले घेरेका छन्‌;म तपाईँको मार्गमा नधरमराई हिँड्‌न सकूँ।+  ९  तिनीहरूको कुरा पत्याउनै सकिँदैन;तिनीहरू खराबी मात्र चिताउँछन्‌;तिनीहरूको घोक्रो खुला चिहान हो;तिनीहरू चिप्ला-चिप्ला कुरा गर्छन्‌।+ १०  तर परमेश्‍वरले तिनीहरूलाई दोषी ठहराउनुहुनेछ;तिनीहरूको आफ्नै षड्‌यन्त्रले गर्दा तिनीहरूको पतन हुनेछ।+तिनीहरूले गरेको असङ्‌ख्य पापले गर्दा तिनीहरूलाई लघारियोस्‌किनकि तिनीहरूले तपाईँको विरोध गरेका छन्‌। ११  तर तपाईँको शरणमा आउनेहरू रमाउनेछन्‌;+तिनीहरूले सधैँ रमाहट गर्नेछन्‌।तपाईँले तिनीहरूको रक्षा गर्नुहुनेछर तपाईँको नामलाई माया गर्नेहरूले रमाहट गर्नेछन्‌। १२  किनकि हे यहोवा, धर्मी मानिसलाई तपाईँले आशिष्‌ दिनुहुनेछ;तिनीहरूलाई अनुमोदन दिएर ठूलो ढालले जस्तै सुरक्षा दिनुहुनेछ।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “रगत बगाउने अनि धोका दिने।”
वा “अटल प्रेमको।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्‌।
वा “पवित्र स्थानतिर।”