भजनसङ्‌ग्रह १४७:१-२०

  • परमेश्‍वरको प्रेम र शक्‍ति झल्किने कामहरूको प्रशंसा

    • मन भाँचिएकाहरूलाई उहाँले निको पार्नुहुन्छ ()

    • उहाँले ताराहरूको नाम लिएर बोलाउनुहुन्छ ()

    • “उहाँ हिउँलाई ऊनजस्तै पठाउनुहुन्छ” (१६)

१४७  याहको प्रशंसा गर!*हाम्रा परमेश्‍वरको स्तुति गाउनु* असल छ;उहाँको प्रशंसा गर्नु कत्ति मनोहर र सुहाउँदो छ!+  २  यहोवाले यरुसलेम बनाउनुहुन्छ;+उहाँ तितरबितर भएका इस्राएलका मानिसहरूलाई भेला गर्नुहुन्छ।+  ३  मन भाँचिएकाहरूलाई उहाँले निको पार्नुहुन्छ;तिनीहरूको घाउमा उहाँले मलहमपट्टी गरिदिनुहुन्छ।  ४  उहाँले ताराहरूको गन्ती गर्नुहुन्छ;तिनीहरू सबैको नाम लिएर उहाँ तिनीहरूलाई बोलाउनुहुन्छ।+  ५  हाम्रा प्रभु महान्‌ र शक्‍तिशाली हुनुहुन्छ;+उहाँको समझशक्‍ति अपार छ।+  ६  यहोवा नम्रहरूलाई उठाउनुहुन्छ+तर दुष्टहरूलाई जमिनतिर हुर्ऱ्याउनुहुन्छ।  ७  यहोवालाई धन्यवाद चढाउँदै गीत गाओ;वीणा बजाएर हाम्रा परमेश्‍वरको स्तुति गाओ,  ८  जसले आकाशलाई बादलले ढाक्नुहुन्छ,जसले पृथ्वीमा पानी बर्साउनुहुन्छ,+जसले पहाडहरूमा घाँस उमार्नुहुन्छ।+  ९  उहाँ जनावरहरूलाई आहारा दिनुहुन्छ,+आहारा माग्ने कागका बचेराहरूलाई पनि खुवाउनुहुन्छ।+ १०  उहाँ घोडाको बलमा खुसी हुनुहुन्‍न;+मानिसको बलियो खुट्टा पनि उहाँको नजरमा केही होइन।+ ११  यहोवाको डर मान्‍नेहरू र उहाँको अटल प्रेमको बाटो हेर्नेहरूदेखिउहाँ खुसी हुनुहुन्छ।+ १२  हे यरुसलेम, यहोवाको महिमा गर।हे सियोन, आफ्ना परमेश्‍वरको प्रशंसा गर। १३  उहाँले तिम्रो सहरका ढोकाहरूका गजबारहरू बलियो पार्नुहुन्छ;उहाँले तिम्रा छोराहरूलाई आशिष्‌ दिनुहुन्छ। १४  उहाँले तिम्रो इलाकामा शान्ति ल्याउनुहुन्छ;+उहाँले तिमीलाई असल गहुँले सन्तुष्ट पार्नुहुन्छ।+ १५  उहाँले पृथ्वीमा आफ्नो आज्ञा पठाउनुहुन्छ;उहाँको वचन द्रुत गतिमा अघि बढ्‌छ। १६  उहाँ हिउँलाई ऊनजस्तै पठाउनुहुन्छ;+उहाँ तुसारोलाई खरानीजस्तै छरिदिनुहुन्छ।+ १७  उहाँ असिनालाई* रोटीको टुक्राजस्तै बर्साउनुहुन्छ।+उहाँले पठाउनुभएको कठाङ्‌ग्रिने जाडो कसले सहन सक्छ र?+ १८  उहाँ आफ्नो वचन पठाउनुहुन्छ र ती पग्लन्छन्‌।उहाँ आफ्नो बतास चलाउनुहुन्छ+ र पानी बग्न थाल्छ। १९  उहाँ आफ्नो वचन याकुबलाई सुनाउनुहुन्छ,आफ्ना नीतिनियम र फैसलाहरू इस्राएललाई बताउनुहुन्छ।+ २०  उहाँले अरू कुनै राष्ट्रसित त्यसो गर्नुभएको छैन;+तिनीहरू उहाँका आज्ञाहरूबारे केही जान्दैनन्‌।याहको प्रशंसा गर!*+

फुटनोटहरू

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।
वा “धुन बजाउनु।”
वा “बरफलाई।”
वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।