भजनसङ्‌ग्रह ८४:१-१२

  • परमेश्‍वरको भव्य वासस्थानको लागि तिर्सना

    • चराजस्तो हुने एक लेवीको चाहना ()

    • “तपाईँको मन्दिरको चोकमा बिताएको १ दिन” (१०)

    • ‘परमेश्‍वर हाम्रो सूर्य र हाम्रो ढाल हुनुहुन्छ’ (११)

निर्देशकलाई; गित्तिथमा* मिलाउने। कोरहवंशीको+ एउटा भजन। ८४  हे सेनाहरूका परमेश्‍वर यहोवा,तपाईँको भव्य वासस्थान* कत्ति प्रिय!+  २  तपाईँको चोकमा जानम एकदमै इच्छा गर्छु;त्यसको तिर्सनाले म मुर्छा पर्न लागिसकेँ।+मेरो तन र मन दुवैले चर्को स्वरमा जीवित परमेश्‍वर यहोवाको जयजयकार गाउँछ।  ३  हे मेरा परमेश्‍वर र मेरा राजा;हे सेनाहरूका परमेश्‍वर यहोवा, तपाईँको भव्य वेदीसामुचराचुरुङ्‌गी पनि बास गर्छन्‌,गौँथलीले त्यहाँ गुँड बनाउँछेअनि आफ्ना बचेराहरूलाई त्यहीँ हुर्काउँछे।  ४  आनन्दित हुन्‌ ती मानिसहरू, जसले तपाईँको भवनमा बास गर्छन्‌;+तिनीहरू निरन्तर तपाईँको प्रशंसा गर्छन्‌।+ (सेला)  ५  आनन्दित हुन्‌ ती मानिसहरू, जसले तपाईँबाट बल पाउँछन्‌;+जसले आफ्नो मन तपाईँको भवनतिर जाने बाटोमा लगाएका छन्‌।  ६  तिनीहरू बाका बेँसी* भएर जाँदात्यहाँ पानीका मूलहरू बग्छन्‌;अघिल्लो वर्षा आशिष्‌ भएर त्यस इलाकामा बर्सन्छ।  ७  यात्रा गर्दै जाँदा तिनीहरूले झन्‌झनै बल पाउँछन्‌;+तिनीहरूमध्ये प्रत्येक नै सियोनमा परमेश्‍वरसामु हाजिर हुन्छन्‌।  ८  हे यहोवा, सेनाहरूका परमेश्‍वर, मेरो बिन्ती सुन्‍नुहोस्‌;हे याकुबका परमेश्‍वर, मेरो कुरा सुन्‍नुहोस्‌। (सेला)  ९  हे हाम्रा ढाल,+ हाम्रा परमेश्‍वर, हेर्नुहोस्‌!*आफ्ना अभिषिक्‍त जनको मुहारतिर हेर्नुहोस्‌।+ १०  तपाईँको मन्दिरको चोकमा बिताएको १ दिन अरू ठाउँमा बिताएको १,००० दिनभन्दा उत्तम हुन्छ!+दुष्टको पालमा बस्नुभन्दा ततपाईँको भवनको ढोके हुनु नै मलाई मन पर्छ। ११  किनकि यहोवा परमेश्‍वर नै हाम्रो सूर्य+ र हाम्रो ढाल+ हुनुहुन्छ;उहाँले नै हामीलाई अनुग्रह देखाउनुहुन्छ र इज्जत दिनुहुन्छ।असल मार्गमा हिँड्‌नेहरूलाईउत्तम कुरा दिनदेखि यहोवा पछि हट्‌नुहुन्‍न।+ १२  हे सेनाहरूका यहोवा,आनन्दित हो त्यो मानिस, जसले तपाईँमा भरोसा गर्छ।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “बाका झाडीहरूको बेँसी।”
वा सम्भवतः “हे परमेश्‍वर, हाम्रो ढाललाई हेर्नुहोस्‌।”