भजनसङ्ग्रह ४३:१-५
४३ हे मेरा परमेश्वर, मेरो न्याय गर्नुहोस्,+विश्वासघाती जातिको विरुद्धमा मेरो वकालत गरिदिनुहोस्।+छली र दुष्ट मानिसहरूबाट मलाई छुटाउनुहोस्।
२ किनकि तपाईँ मेरा परमेश्वर, मेरा किल्ला हुनुहुन्छ।+तपाईँले मलाई किन त्याग्नुभयो?शत्रुहरूको थिचोमिचोको कारण म किन दुःखी भएर हिँड्नुपरेको छ?+
३ तपाईँको ज्योति र तपाईँको सत्यता पठाइदिनुहोस्।+तिनैले मलाई डोऱ्याऊन्;+तिनैले मलाई तपाईँको पवित्र डाँडामा र तपाईँको भव्य वासस्थानसम्म* पुऱ्याऊन्।+
४ अनि म परमेश्वरको वेदीमा जानेछु,+हो, मेरा परमेश्वर, मेरो आनन्दको मूलकहाँ जानेछु।अनि हे परमेश्वर, मेरा परमेश्वर, वीणा बजाएर म तपाईँको स्तुति गाउनेछु।+
५ म किन यत्ति निराश छु?यो मन किन यत्ति व्याकुल छ?परमेश्वरमा आशा राख+किनकि अझै पनि म उहाँलाई महान् उद्धारकको रूपमा प्रशंसा गर्छु।+