भजनसङ्‌ग्रह १४५:१-२१

  • महान्‌ राजा परमेश्‍वरको प्रशंसा

    • ‘म परमेश्‍वरको महानताको घोषणा गर्नेछु’ ()

    • “यहोवा सबैको भलाइ गर्नुहुन्छ” ()

    • “तपाईँका वफादार सेवकहरूले तपाईँको प्रशंसा गर्नेछन्‌” (१०)

    • सदासर्वदा रहने परमेश्‍वरको शासन (१३)

    • परमेश्‍वरले सबैको इच्छा पूरा गरिदिनुहुन्छ (१६)

दाउदले गरेको प्रशंसा। א [आलेफ] १४५  हे मेरा परमेश्‍वर, मेरा महाराज, म तपाईँको महिमा गर्नेछु,+ म तपाईँको नामको सदासर्वदा प्रशंसा गर्नेछु।+ ב [बेथ]  २  म दिनभर तपाईँको प्रशंसा गर्नेछु;+म तपाईँको नामको सदासर्वदा प्रशंसा गर्नेछु।+ ג [गिमेल]  ३  यहोवा महान्‌ हुनुहुन्छ र प्रशंसा पाउन सबैभन्दा योग्य हुनुहुन्छ;+उहाँको महानता अपार* छ।+ ד [दालेथ]  ४  एकपछि अर्को पुस्ताले तपाईँका कामहरूको प्रशंसा गर्नेछ;तिनीहरूले तपाईँका शक्‍तिशाली कामहरूको बखान गर्नेछन्‌।+ ה [हे]  ५  तिनीहरूले तपाईँको महिमित वैभव र गौरवबारे बताउनेछन्‌+अनि म तपाईँका आश्‍चर्यजनक कामहरूमा मनन गर्नेछु। ו [वाव]  ६  तिनीहरूले भय र श्रद्धा जगाउने तपाईँका कामहरूबारे* बताउनेछन्‌अनि म तपाईँको महानताको घोषणा गर्नेछु। ז [जयिन]  ७  मुहानबाट पानी निस्केझैँ तपाईँको अपार भलाइ देखेर तिनीहरूको मुखबाट प्रशंसा निस्कनेछ+अनि तपाईँ न्यायी हुनुभएकोले तिनीहरू खुसीले कराउनेछन्‌।+ ח [हेत]  ८  यहोवा दयालु र कृपालु हुनुहुन्छ,+उहाँ हतपती रिसाउनुहुन्‍न र अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+ ט [टेथ]  ९  यहोवा सबैको भलाइ गर्नुहुन्छ+अनि उहाँका सबै काममा उहाँको कृपा झल्किन्छ। י [योद] १०  हे यहोवा, तपाईँका सबै सृष्टिले तपाईँको महिमा गर्नेछन्‌+अनि तपाईँका वफादार सेवकहरूले तपाईँको प्रशंसा गर्नेछन्‌।+ כ [काफ] ११  तिनीहरूले तपाईँको शासनको महिमाको वर्णन गर्नेछन्‌+अनि तपाईँको पराक्रमको बखान गर्नेछन्‌+ ל [लामेद] १२  ताकि मानिसहरूले तपाईँको शक्‍तिशाली काम+अनि तपाईँको वैभवशाली शासनको महिमाबारे जानून्‌।+ מ [मेम] १३  तपाईँको शासन सदासर्वदा कायम रहिरहन्छ।अनि तपाईँको राज्य पुस्तौँपुस्तासम्म रहिरहन्छ।+ ס [सामेख] १४  लड्‌न लागेका सबैलाई यहोवा सहारा दिनुहुन्छ+अनि झुकेका सबैलाई उठाउनुहुन्छ।+ ע [अयिन] १५  सबैका आँखाले तपाईँकै बाटो हेर्छन्‌;तपाईँ तिनीहरूलाई ठीक समयमा आहारा दिनुहुन्छ।+ פ [पे] १६  तपाईँ आफ्नो मुठी खोल्नुहुन्छअनि सबै जीवको इच्छा पूरा गरिदिनुहुन्छ।+ צ [सादे] १७  जे सही छ, यहोवा सधैँ त्यही गर्नुहुन्छ।+अनि उहाँ सबै काम वफादार भई गर्नुहुन्छ।+ ק [कोफ] १८  यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्‌,+जसले साँचो हृदयले* उहाँको पुकारा गर्छन्‌।+ ר [रेश] १९  उहाँको डर मान्‍ने सबैको इच्छा उहाँ पूरा गरिदिनुहुन्छ;+उहाँ तिनीहरूको गुहार सुन्‍नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ।+ ש [शिन] २०  यहोवालाई प्रेम गर्ने सबैको उहाँ रक्षा गर्नुहुन्छ+तर दुष्टहरू सबैलाई उहाँले नामेट पार्नुहुनेछ।+ ת [ताव] २१  मेरो मुखले यहोवाको प्रशंसा गर्नेछ;+हरेक जीवले सदासर्वदा उहाँको पवित्र नामको प्रशंसा गरोस्‌।+

फुटनोटहरू

वा “समझभन्दा बाहिर।”
वा “शक्‍तिबारे।”
वा “सत्यतामा।”