भजनसङ्ग्रह ६७:१-७
निर्देशकलाई; तारे बाजाहरूसित बजाउने। एउटा भजन। एउटा गीत।
६७ परमेश्वरले हामीमाथि अनुग्रह देखाउनुहुनेछ र आशिष् दिनुहुनेछ;उहाँले हामीमाथि आफ्नो मुहार चम्काउनुहुनेछ।+ (सेला)
२ अनि सारा पृथ्वीले तपाईँको मार्गबारे थाह पाउनेछ;+तपाईँको उद्धारका कार्यहरू सबै जातिले थाह पाउनेछन्।+
३ हे परमेश्वर, जातिजातिले तपाईँको प्रशंसा गरून्;सबै जातिले तपाईँको प्रशंसा गरून्।
४ राष्ट्रहरूले रमाहट गरून् र खुसीले कराऊन्+किनकि तपाईँले निष्पक्ष भई मानिसहरूको न्याय गर्नुहुनेछ।+तपाईँले पृथ्वीका राष्ट्रहरूलाई बाटो देखाउनुहुनेछ। (सेला)
५ हे परमेश्वर, जातिजातिले तपाईँको प्रशंसा गरून्;सबै जातिले तपाईँको प्रशंसा गरून्।
६ पृथ्वीले आफ्नो उब्जनी दिनेछ;+परमेश्वरले, हो, हाम्रा परमेश्वरले हामीलाई आशिष् दिनुहुनेछ।+
७ परमेश्वरले हामीलाई आशिष् दिनुहुनेछअनि सारा पृथ्वीका मानिसहरूले उहाँको भय मान्नेछन्।*+
फुटनोटहरू
^ वा “आदर गर्नेछन्।”