भजनसङ्ग्रह ९४:१-२३
९४ हे साटो फेर्नुहुने परमेश्वर यहोवा,+हे बदला लिनुहुने परमेश्वर, आफ्नो ज्योति चम्काउनुहोस्!
२ हे पृथ्वीका न्यायकर्ता, जाग्नुहोस्।+अहङ्कारीहरूलाई तिनीहरूले पाउनुपर्ने सजाय दिनुहोस्।+
३ कहिलेसम्म, हे यहोवा,आखिर कहिलेसम्म दुष्टहरू खुसी मनाइरहन्छन्?+
४ तिनीहरू बकबक गर्छन्, अहङ्कारले भरिएको कुरा गर्छन्;गलत काम गर्नेहरू सबै आफूमा घमन्ड गर्छन्।
५ हे यहोवा, तिनीहरू तपाईँका मानिसहरूलाई कुल्चीमिल्ची गर्छन्,+तपाईँको उत्तराधिकारमाथि तिनीहरू अत्याचार गर्छन्।
६ तिनीहरू विधवा र विदेशीहरूको ज्यान लिन्छन्अनि अनाथहरूको* हत्या गर्छन्।
७ तिनीहरू भन्छन्: “याहले देख्नुहुन्न;+याकुबका परमेश्वरले वास्ता गर्नुहुन्न।”+
८ ए बेसमझहरू हो, यो कुरा बुझिराख;ए मूर्खहरू हो, तिमीहरू कहिलेसम्म अबुझ भइरहन्छौ?*+
९ जसले कान बनाउनुभयो, उहाँले सुन्नुहुन्न र?जसले आँखा बनाउनुभयो, उहाँले देख्नुहुन्न र?+
१० जसले राष्ट्रहरूलाई सुधार्नुहुन्छ, उहाँले हप्काउन पनि सक्नुहुन्न र?+मानिसहरूलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ!+
११ मानिसहरूको विचार यहोवा जान्नुहुन्छ,त्यो केवल सास हो भनी उहाँ जान्नुहुन्छ।+
१२ हे याह, आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ सुधार्नुहुन्छ,+जसलाई तपाईँ आफ्नो व्यवस्था सिकाउनुहुन्छ+
१३ अनि जबसम्म दुष्टको निम्ति खाडल खनिँदैन,+तबसम्म तपाईँ उसलाई सङ्कष्टको दिनमा शान्ति दिनुहुन्छ।
१४ किनकि यहोवाले आफ्ना मानिसहरूलाई बिर्सनुहुन्न+न त उहाँले आफ्नो उत्तराधिकारलाई त्याग्नु नै हुन्छ।+
१५ फेरि एक पटक न्यायसाथ फैसला गरिनेछअनि सोझो मन भएकाहरू त्यसैअनुसार चल्नेछन्।
१६ मेरो लागि दुष्टको विरुद्धमा को खडा हुनेछ?गलत काम गर्नेहरूको विरोध गर्न मेरो पक्षमा को उठ्नेछ?
१७ यहोवा मेरो मदतगार नहुनुभएको भएम तुरुन्तै नष्ट भइसक्ने थिएँ।+
१८ जब मैले भनेँ: “मेरो खुट्टा चिप्लन थाल्यो,”तब हे यहोवा, तपाईँको अटल प्रेमले मलाई थामिरह्यो।+
१९ जब चिन्ता र फिक्रीले* मलाई छोप्यो,तब तपाईँले मलाई सान्त्वना र दिलासा दिनुभयो।+
२० कानुनको आडमा* समस्या खडा गर्ने+ भ्रष्टाचारको सिंहासनले*तपाईँसित साझेदारी गर्न सक्छ र?
२१ धर्मीलाई तिनीहरू क्रूर भई आक्रमण गर्छन्+अनि निर्दोषलाई मृत्युको योग्य ठहराउँछन्।+
२२ तर यहोवा मेरो निम्ति शरणस्थान* बन्नुहुनेछ,मेरा परमेश्वर मेरो लागि शरण लिने चट्टान हुनुहुन्छ।+
२३ तिनीहरूको दुष्ट काम उहाँले तिनीहरूमाथि नै फर्काइदिनुहुनेछ।+तिनीहरूकै दुष्ट चालद्वारा उहाँले तिनीहरूको अन्त गरिदिनुहुनेछ।*हो, यहोवा हाम्रा परमेश्वरले तिनीहरूलाई नामेट पारिदिनुहुनेछ।*+
फुटनोटहरू
^ वा “बुबा गुमाएका बच्चाहरूको।”
^ वा “कहिले अन्तर्दृष्टि देखाउँछौ?”
^ वा “बेचैनीले।”
^ वा “शासकहरूले; न्यायकर्ताहरूले।”
^ वा “उर्दी जारी गरेर।”
^ वा “अग्लो किल्ला।”
^ शा., “तिनीहरूलाई चुप लगाइदिनुहुनेछ।”
^ शा., “तिनीहरूलाई चुप लगाइदिनुहुनेछ।”