भजनसङ्ग्रह ६३:१-११
यहुदाको निर्जनभूमिमा हुँदा दाउदले रचेको भजन।+
६३ हे परमेश्वर, तपाईँ मेरा परमेश्वर हुनुहुन्छ, म तपाईँकै बाटो हेरिरहन्छु।+म तपाईँको निम्ति तिर्खाउँछु।+पानी नभएको अनि सुकेर चिरा परेको जमिनमा+तपाईँको तिर्सनाले म मुर्च्छा पर्नै लागेको छु।
२ मैले तपाईँलाई पवित्र ठाउँमा देखेको छु,मैले तपाईँको शक्ति र तपाईँको महिमा देखेको छु।+
३ तपाईँको अटल प्रेम जीवनभन्दा उत्तम छ,+त्यसैले मेरो ओठले तपाईँको महिमा गर्नेछ।+
४ म जीवनभर तपाईँकै प्रशंसा गर्नेछु;हात उठाएर तपाईँको नाम पुकार्नेछु।
५ सबैभन्दा उत्तम र असल भाग पाएर म सन्तुष्ट भएको छु,त्यसैले मेरो ओठले गाउनेछ, मेरो मुखले तपाईँको जयजयकार गर्नेछ।+
६ म ओछ्यानमा ढल्कँदा तपाईँलाई सम्झन्छु,म रातको हरेक प्रहरमा तपाईँबारे मनन गर्छु।+
७ किनकि तपाईँ मेरो मदतगार हुनुहुन्छ+अनि तपाईँका पखेटाहरूको छायामुनि म खुसीले कराउँछु।+
८ म तपाईँसँग टाँसिरहन्छुअनि तपाईँको दाहिने हातले मलाई च्याप्प समातिराख्छ।+
९ तर मेरो ज्यान लिन खोज्नेहरूपृथ्वीको गर्भमा पुग्नेछन्।
१० तिनीहरू तरबारले काटिनेछन्;तिनीहरू स्यालहरूको* आहारा हुनेछन्।
११ तर राजाचाहिँ परमेश्वरको आशिष् पाएकोले रमाउनेछन्।उहाँको नाममा शपथ खाने सबैले गर्व गर्नेछन्।किनकि झूटो बोल्नेहरूको मुख बन्द गरिनेछ।
फुटनोटहरू
^ वा “फ्याउराहरूको।”