भजनसङ्‌ग्रह ४६:१-११

  • ‘परमेश्‍वर हाम्रो शरणस्थान हुनुहुन्छ’

    • परमेश्‍वरका अचम्म-अचम्मका कामहरू ()

    • परमेश्‍वरले पृथ्वीबाट युद्ध नामेट पारिदिनुहुन्छ ()

निर्देशकलाई; कोरहवंशीको भजन।+ अलामोथ शैलीमा।* एउटा गीत। ४६  परमेश्‍वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ,+दुःखको समयमा सजिलै पाइने मदतगार।+  २  त्यसैले चाहे पृथ्वी नै हल्लियोस्‌,चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्‌,+ हामी डराउनेछैनौँ,  ३  अनि चाहे समुद्र गर्जियोस्‌ र त्यसले फीँज काढोस्‌,+चाहे समुद्र उर्लेर पर्वतहरू थर्किऊन्‌, हामी डराउनेछैनौँ। (सेला)  ४  एउटा नदी छ, जसका धाराहरूले परमेश्‍वरको सहरलाई आनन्दित तुल्याउँछ,+सर्वोच्च परमेश्‍वरको महापवित्र वासस्थानलाई* आनन्दित तुल्याउँछ।  ५  परमेश्‍वर त्यस सहरमा हुनुहुन्छ;+ त्यो डग्नेछैन।परमेश्‍वर त्यसलाई सहायता गर्न मिरमिरेमै आउनुहुनेछ।+  ६  जातिजातिमाझ कोलाहल छायो, राज्यहरूको पतन भयो;उहाँले आफ्नो स्वर उचाल्नुभयो र पृथ्वी पग्लियो।+  ७  सेनाहरूका यहोवा हाम्रो साथमा हुनुहुन्छ;+याकुबका परमेश्‍वर हाम्रो शरणस्थान* हुनुहुन्छ। (सेला)  ८  आओ र यहोवा परमेश्‍वरका कामहरू हेर,उहाँले पृथ्वीमा कस्ता अचम्म-अचम्मका कामहरू गर्नुभएको छ।  ९  पृथ्वीबाट उहाँले युद्ध नामेट पार्नुहुन्छ।+उहाँले धनु भाँचिदिनुहुन्छ र भालाहरू टुक्राटुक्रा पारिदिनुहुन्छ;युद्धका रथहरू* उहाँले आगोमा जलाइदिनुहुन्छ। १०  “हार स्विकार अनि म नै परमेश्‍वर हुँ भनी थाह पाओ।जातिजातिहरूका बीचमा म उच्च पारिनेछु;+पृथ्वीमा म उच्च पारिनेछु।”+ ११  सेनाहरूका यहोवा हाम्रो साथमा हुनुहुन्छ;+याकुबका परमेश्‍वर हाम्रो शरणस्थान हुनुहुन्छ।+ (सेला)

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “अग्लो किल्ला।”
वा सम्भवतः “ढालहरू।”