पवित्र बाइबल—नयाँ संसार अनुवाद

मानिसहरूले किन दुःखकष्ट भोगिरहेका छन्‌?

नेपाली
मानिसहरूले किन दुःखकष्ट भोगिरहेका छन्‌?
https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg
nwt पृ. १९

प्रश्‍न ९

मानिसहरूले किन दुःखकष्ट भोगिरहेका छन्‌?

“वेग कुदाइले सधैँ दौड जितिँदैन, वीरताले सधैँ विजय प्राप्त हुँदैन, बुद्धि हुँदैमा सधैँ पेटभरि खान पाइँदैन, सीप हुँदैमा सधैँ धनसम्पत्ति हात लाग्दैन अनि प्रशस्त ज्ञान हुँदैमा सधैँ सफल भइँदैन। किनभने कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्‌न सक्छ, जसलाई टारेर टार्न सकिँदैन।”

उपदेशक ९:११

“एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु, त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो किनकि तिनीहरू सबैले पाप गरे।”

रोमी ५:१२

“दियाबलका कामहरू नष्ट गर्ने उद्देश्‍यले नै परमेश्‍वरको छोरा प्रकट हुनुभएको थियो।”

१ युहन्‍ना ३:८

“सारा संसार त्यस दुष्टको हातमा परेको छ।”

१ युहन्‍ना ५:१९