भजनसङ्‌ग्रह ३४:१-२२

  • यहोवा आफ्ना सेवकहरूको उद्धार गर्नुहुन्छ

    • “सँगै मिलेर उहाँको नाम उच्च पारौँ” ()

    • यहोवाका स्वर्गदूतले सुरक्षा दिन्छन्‌ ()

    • “चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ” ()

    • ‘उसको एउटै हड्डी भाँचिएन’ (२०)

दाउदको रचना, जब तिनले अबिमेलेकको अगाडि बौलाहा भएको ढोँग गरे+ र अबिमलेकले तिनलाई धपाए। א [आलेफ] ३४  म हरसमय यहोवाको प्रशंसा गर्नेछु;मेरो ओठले निरन्तर उहाँको प्रशंसा गर्नेछ। ב [बेथ]  २  म यहोवामा गर्व गर्नेछु+अनि नम्रहरूले त्यो सुन्‍नेछन्‌ र खुसी मनाउनेछन्‌। ג [गिमेल]  ३  मसँगसँगै यहोवाको महिमा गर;+सँगै मिलेर उहाँको नाम उच्च पारौँ। ד [दालेथ]  ४  मैले यहोवालाई प्रार्थना गरेँ र उहाँले मलाई जवाफ दिनुभयो।+उहाँले मेरा सबै डर हटाइदिनुभयो।+ ה [हे]  ५  उहाँको बाटो हेर्नेहरूको मुहार चम्किलो भयो;सरममा परेर तिनीहरूले आफ्नो अनुहार छोप्नुपरेन। ז [जयिन]  ६  यस दुःखीले यहोवालाई पुकाऱ्‍यो र उहाँले सुन्‍नुभयो।उहाँले मेरा सबै दुःखबाट मलाई बचाउनुभयो।+ ח [हेत]  ७  यहोवासित डराउनेहरूको चारैतिर उहाँका स्वर्गदूतले छाउनी हाल्नेछन्‌+अनि उहाँले तिनीहरूको उद्धार गर्नुहुनेछ।+ ט [टेथ]  ८  चाखेर हेर, यहोवा कत्ति भलो हुनुहुन्छ;+आनन्दित हो त्यो मानिस, जसले उहाँमा शरण लिन्छ। י [योद]  ९  हे यहोवाका सबै पवित्र जन हो, उहाँको भय मानकिनकि उहाँको भय मान्‍नेहरूलाई केही कुराको अभाव हुँदैन।+ כ [काफ] १०  बलिया जवान सिंहहरूसमेत खान नपाएर दुब्लाएका छन्‌तर यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।+ ל [लामेद] ११  हे मेरा छोराहरू हो, आओ र मेरो कुरा सुन;म तिमीहरूलाई यहोवाको भय मान्‍न सिकाउँछु।+ מ [मेम] १२  तिमीहरूमध्ये कसले सुखी जीवन चाहन्छर लामो आयुको चाहना गर्छ?+ נ [नुन] १३  त्यसोभए आफ्नो जिब्रोलाई खराब कुराबाट अलग राख+र आफ्नो ओठलाई छली कुरा बोल्नदेखि रोक।+ ס [सामेख] १४  खराब काम त्याग र जे असल छ, त्यो गर;+शान्ति खोज र त्यसको पछि लाग।+ ע [अयिन] १५  धर्मीहरूमाथि यहोवाको नजर रहन्छ+अनि तिनीहरूले उहाँलाई गुहार्दा उहाँले आफ्नो कान थाप्नुहुन्छ।+ פ [पे] १६  तर ज-जसले खराब काम गर्छन्‌, तिनीहरूदेखि यहोवाले आफ्नो अनुहार फर्काउनुहुन्छर पृथ्वीबाट तिनीहरूको सम्झना पूरै मेटाइदिनुहुन्छ।+ צ [सादे] १७  तिनीहरूले गुहारे र यहोवाले सुन्‍नुभयो;+उहाँले तिनीहरूका सबै दुःखबाट तिनीहरूलाई छुटाउनुभयो।+ ק [कोफ] १८  यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ+र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।+ ר [रेश] १९  धर्मी मानिसले धेरै दुःखकष्ट* झेल्नुपर्छ+तर यहोवाले उसलाई ती सबैबाट बचाउनुहुन्छ।+ ש [शिन] २०  उहाँले उसका सबै हड्डीको रक्षा गर्नुहुन्छ;उसको एउटै हड्डी भाँचिएको छैन।+ ת [ताव] २१  विपत्तिले दुष्टलाई मृत्युमा पुऱ्‍याउनेछ;जसले धर्मी मानिसलाई घृणा गर्छ, ऊ दोषी ठहरिनेछ। २२  यहोवाले आफ्ना सेवकहरूको जीवन बचाउनुहुन्छ;उहाँमा शरण लिने कोही पनि दोषी ठहरिनेछैन।+

फुटनोटहरू

वा “विपत्ति।”