भजनसङ्‌ग्रह १२६:१-६

  • सियोनको सुखद पुनर्स्थापना

    • ‘यहोवाले ठूलठूला कामहरू गर्नुभएको छ’ ()

    • आँसुको बदलामा खुसी (५, ६)

उकालीको गीत। १२६  सियोनबाट कैदमा लगिएकाहरूलाई यहोवाले फर्काएर ल्याउनुहुँदा+हामीलाई सपना देखेझैँ लाग्यो।  २  त्यसबेला हाम्रो मुख हाँसोले भरियोअनि हाम्रो जिब्रो रमाहटको आवाजले भरियो।+त्यसबेला जातिजातिका मानिसहरूले यसो भने:“यहोवाले तिनीहरूको निम्ति ठूलठूला कामहरू गर्नुभएको छ।”+  ३  यहोवाले हाम्रो खातिर ठूलठूला कामहरू गर्नुभएको छ+र हामी खुसीले गद्‌गद भएका छौँ।  ४  हे यहोवा, कैदमा परेका हाम्रा मानिसहरूलाईनेगेबका नदीहरूलाई* झैँ फर्काएर ल्याउनुहोस्‌।  ५  आँसु झार्दै बिउ छर्नेहरूलेखुसीले कराउँदै कटनी गर्नेछन्‌।  ६  बिउको थैलो बोकेररुँदै बाहिर निस्कने मानिसनिश्‍चय नै अन्‍नका बिटाहरू बोकेर+खुसीले कराउँदै फर्कनेछ।+

फुटनोटहरू

वा “दक्षिणका वादीहरू।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।