भजनसङ्‌ग्रह १२१:१-८

  • यहोवा आफ्ना मानिसहरूको रक्षा गर्नुहुन्छ

    • “मलाई मदत यहोवाबाट आउँछ” ()

    • यहोवा कहिल्यै निदाउनुहुन्‍न (३, ४)

उकालीको गीत। १२१  म आफ्नो आँखा पहाडहरूतिर उठाउँछु।+मलाई मदत कहाँबाट आउँछ?  २  मलाई मदत यहोवाबाट आउँछ,+जो आकाश र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।  ३  उहाँले तिम्रा खुट्टा कहिल्यै चिप्लन* दिनुहुनेछैन।+तिम्रो रक्षा गर्नुहुने परमेश्‍वर कहिल्यै झुल्नुहुनेछैन।  ४  हेर! इस्राएलको रक्षा गर्नुहुने परमेश्‍वर+ कहिल्यै झुल्नुहुनेछैनन त उहाँ कहिल्यै निदाउनु नै हुनेछ।  ५  यहोवा तिम्रो रक्षक हुनुहुन्छ।यहोवा तिम्रो दाहिने हाततिरको+ तिम्रो छहारी+ हुनुहुन्छ।  ६  न दिनको घामले न त रातको जूनले नैतिमीलाई हानि पुऱ्‍याउनेछ।+  ७  यहोवाले तिमीलाई सबै खतराबाट जोगाउनुहुनेछ,+उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ।+  ८  तिमीले गर्ने सबै काममा* यहोवाले तिम्रो रक्षा गर्नुहुनेछ,अहिले र सदासर्वदा।

फुटनोटहरू

वा “लरखराउन।”
शा., “तिमी बाहिर जाँदा र भित्र पस्दा।”