भजनसङ्‌ग्रह ९३:१-५

  • यहोवाको वैभवशाली शासन

    • “यहोवा राजा हुनुभएको छ!” ()

    • ‘तपाईँका सम्झौटाहरू भरपर्दा छन्‌’ ()

९३  यहोवा राजा हुनुभएको छ!+उहाँले वैभव पहिरिनुभएको छ;यहोवाले शक्‍तिको वस्त्र धारण गर्नुभएको छ;उहाँले त्यो पटुकाजस्तै बाँध्नुभएको छ।पृथ्वीलाई* बलियोगरि स्थिर पारिएको छ;त्यसलाई हल्लाउन सकिँदैन।*  २  तपाईँको सिंहासन धेरै अघिदेखि नै बलियोगरि स्थिर पारिएको छ;+तपाईँ अनादिदेखि नै अस्तित्वमा हुनुहुन्छ।+  ३  हे यहोवा, नदीहरू उर्लेर आएका छन्‌,नदीहरू उर्लेर आएका छन्‌ र गर्जेका छन्‌;नदीहरू निरन्तर उर्लिरहेका छन्‌ र तिनीहरूको गडगडाहट बढिरहेको छ।  ४  उच्चमा विराजमान यहोवा महान्‌ हुनुहुन्छ,+गहिरो समुद्रको गर्जनभन्दा शक्‍तिशाली,किनारामा ठोक्किने ठूलठूला छालहरूभन्दा शक्‍तिशाली।+  ५  तपाईँका सम्झौटाहरू अत्यन्तै भरपर्दा छन्‌।+हे यहोवा, पवित्रताले तपाईँको भवनलाई सदासदाको लागि शोभायमान बनाउँछ।+

फुटनोटहरू

वा “उर्वर भूमिलाई।”
वा “यो कहिल्यै धरमराउँदैन।”