भजनसङ्‌ग्रह ५९:१-१७

  • परमेश्‍वर ढाल र शरणस्थान हुनुहुन्छ

    • ‘विश्‍वासघातीहरूमाथि कृपा नदेखाउनुहोस्‌’ ()

    • ‘म तपाईँको शक्‍तिको गुणगान गाउनेछु’ (१६)

निर्देशकलाई; “नाश हुन नदिनुहोस्‌”-अनुसार। मिक्‍ताम।* दाउदलाई मार्नको लागि साउलले तिनको घरमा चियो गर्न मानिसहरू पठाउँदा दाउदले रचेको भजन।+ ५९  हे मेरा परमेश्‍वर, मेरा शत्रुहरूबाट मलाई छुटाउनुहोस्‌;+मविरुद्ध खडा भएकाहरूदेखि मलाई जोगाउनुहोस्‌।+  २  दुष्ट चाल चल्नेहरूबाट मलाई छुटाउनुहोस्‌अनि हिंस्रक* मानिसहरूबाट मलाई बचाउनुहोस्‌।  ३  हे यहोवा, मैले कुनै पाप गरेको छैनँ न त विद्रोह नै गरेको छु।+तैपनि हेर्नुहोस्‌! तिनीहरू मलाई आक्रमण गर्न ढुकेर बस्छन्‌,+बलिया-बलिया मानिसहरू मलाई आक्रमण गर्छन्‌।  ४  मैले कुनै गल्ती नगरे पनि तिनीहरू मलाई आक्रमण गर्न तम्सिन्छन्‌।मेरो पुकारा सुनेर उठ्‌नुहोस्‌ र हेर्नुहोस्‌।  ५  किनकि हे सेनाहरूका परमेश्‍वर यहोवा, तपाईँ इस्राएलका परमेश्‍वर हुनुहुन्छ।+जाग्नुहोस्‌ र जातिजातिले के गर्दै छन्‌, हेर्नुहोस्‌।विश्‍वासघात गर्ने दुष्टहरूमाथि कृपा नदेखाउनुहोस्‌।+ (सेला)  ६  हरेक साँझ तिनीहरू फर्कन्छन्‌;+तिनीहरू कुकुरले जस्तै ङ्‌वार्रङुर्र गर्छन्‌*+ र चाल मार्दै सहरमा घुम्छन्‌।+  ७  हेर्नुहोस्‌, तिनीहरूका मुखबाट कस्ता कुराहरू निस्कन्छन्‌।तिनीहरूका ओठ तरबारजस्तै छन्‌,+तिनीहरू यसो भन्छन्‌: “कसले सुन्दै छ र?”+  ८  तर हे यहोवा, तिनीहरूलाई देखेर तपाईँ हाँस्नुहुनेछ;+सबै राष्ट्रलाई तपाईँले हाँसोमा उडाउनुहुनेछ।+  ९  हे मेरा बल, तपाईँकै बाटो म हेरिरहनेछु+किनकि परमेश्‍वर मेरो शरणस्थान* हुनुहुन्छ।+ १०  मलाई अटल प्रेम गर्नुहुने परमेश्‍वर मलाई सहायता गर्न आउनुहुनेछ;+परमेश्‍वरले मलाई मेरा शत्रुहरूको पराजय देखाउनुहुनेछ।+ ११  तिनीहरूलाई एकै चोटि नमार्नुहोस्‌ ताकि मेरा मानिसहरूले तपाईँका कार्यहरू नबिर्सून्‌।तपाईँको शक्‍तिले तिनीहरूलाई यताउता भौँतारिन लगाउनुहोस्‌;हे यहोवा, हाम्रो ढाल, तिनीहरूको पतन गराउनुहोस्‌।+ १२  आफ्नो मुखले, आफ्नो वचनले गरेको पापले गर्दातिनीहरू आफ्नो घमन्डको पासोमा परून्‌।+किनकि तिनीहरू मानिसहरूलाई सराप्छन्‌ र छली कुरा गर्छन्‌। १३  तपाईँको क्रोधमा तिनीहरूलाई सखाप पार्नुहोस्‌;+तिनीहरूको नामोनिसान नरहनेगरि तिनीहरूलाई नाश गर्नुहोस्‌;याकुबमाथि अनि पृथ्वीको कुनाकुनासम्म शासन गर्ने परमेश्‍वर नै हुनुहुन्छ भनेर तिनीहरूले थाह पाऊन्‌।+ (सेला) १४  साँझ तिनीहरू फर्केर आऊन्‌अनि कुकुरले जस्तै ङ्‌वार्रङुर्र गरून्‌* र चाल मार्दै सहरमा घुमून्‌।+ १५  आहार खोज्दै तिनीहरू यताउता भौँतारिऊन्‌;+तिनीहरू अघाउन नपाऊन्‌ अनि तिनीहरूले बस्ने ठाउँ पनि नभेट्टाऊन्‌। १६  तर म भने तपाईँको शक्‍तिको गुणगान गाउनेछु;+बिहानीपख म तपाईँको अटल प्रेमबारे आनन्दित भई बताउनेछु।किनकि तपाईँ मेरो शरणस्थान हुनुहुन्छ,+ जहाँ म ढुक्क हुन्छु;तपाईँ मेरो लुक्ने ठाउँ हुनुहुन्छ, जहाँ म विपत्तिको बेला दौडेर जान्छु।+ १७  हे मेरा परमेश्‍वर, तपाईँ मेरो शक्‍ति हुनुहुन्छ;म तपाईँको स्तुति गाउनेछु*+किनकि परमेश्‍वर मेरो शरणस्थान हुनुहुन्छ, जसले मलाई अटल प्रेम देखाउनुहुन्छ।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “रक्‍तपिपासु।”
वा “भुक्छन्‌।”
वा “अग्लो किल्ला।”
वा “भुकून्‌।”
वा “म तपाईँको प्रशंसा गर्न धुन बजाउनेछु।”