भजनसङ्‌ग्रह १६:१-११

  • यहोवा, भलाइको स्रोत

    • ‘यहोवा मेरो अंश हुनुहुन्छ’ ()

    • ‘रातमा मेरा भित्री विचारहरूले मलाई सुधार्छन्‌’ ()

    • ‘यहोवा मेरो दाहिने हाततर्फ हुनुहुन्छ’ ()

    • “तपाईँले मलाई चिहानमा छोड्‌नुहुनेछैन” (१०)

दाउदको मिक्‍ताम।* १६  हे परमेश्‍वर, मेरो रक्षा गर्नुहोस्‌ किनभने म तपाईँकै शरणमा आएको छु।+  २  मैले यहोवालाई भनेँ: “तपाईँ यहोवा हुनुहुन्छ, मेरो भलाइको स्रोत!  ३  पृथ्वीमा भएका पवित्र जनहरूमा,तिनै महिमित मानिसहरूमा म रमाउँछु।”+  ४  अरू देवता पुज्नेहरूले आफैमाथि दुःख थप्छन्‌।+ती देवताहरूलाई म कहिल्यै रगत चढाउनेछैनँअनि मेरो ओठले तिनीहरूको नाम लिनेछैन।+  ५  यहोवा मेरो अंश, मेरो भाग हुनुहुन्छ+ र उहाँले नै मेरो कचौरा भरिदिनुहुन्छ।+तपाईँले नै मेरो अंश जोगाइदिनुहुन्छ।  ६  तपाईँले नापेर दिनुभएको मेरो अंश उत्तम छ।हो, मेरो अंशमा म सन्तुष्ट छु।+  ७  मलाई सल्लाह दिनुहुने यहोवाको म स्तुति गाउँछु।+रातमा पनि मेरा भित्री विचारहरूले* मलाई सुधार्छन्‌।+  ८  मैले यहोवालाई सदैव मेरो नजरसामु राखेको छु।+उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, त्यसैले म कहिल्यै डग्नेछैनँ।*+  ९  मेरो मन रमाउँछ, म धेरै खुसी हुन्छुर म सुरक्षित रहन्छु। १०  तपाईँले मलाई चिहानमा* छोड्‌नुहुनेछैन,+तपाईँले आफ्नो वफादार जनलाई खाडलमा पर्न दिनुहुनेछैन।*+ ११  तपाईँले मलाई जीवनको मार्ग देखाउनुभएको छ।+तपाईँको उपस्थितिमा म आनन्दले भरिन्छु।+तपाईँको दाहिने बाहुलीमा रहँदा म सदा आनन्दित हुन्छु।

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “मेरा भित्री भावनाहरूले।” शा., “मेरा मिर्गौलाहरूले।”
वा “म कहिल्यै लरखराउनेछैनँ (धरमराउनेछैनँ)।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।
वा सम्भवत: “कुहिन दिनुहुनेछैन।”