भजनसङ्‌ग्रह १७:१-१५

  • सुरक्षाको लागि प्रार्थना

    • “तपाईँले मेरो हृदय जाँच्नुभएको छ” ()

    • “तपाईँका पखेटामुनि लुकाउनुहोस्‌” ()

दाउदको प्रार्थना। १७  हे यहोवा, न्यायको लागि मैले गरेको पुकारा सुन्‍नुहोस्‌;मेरो गुहार सुन्‍नुहोस्‌;मेरो निष्कपट प्रार्थना सुन्‍नुहोस्‌।+  २  सही फैसला सुनाएर मलाई न्याय दिनुहोस्‌;+के सही छ, तपाईँका आँखाले देखून्‌।  ३  तपाईँले मेरो हृदय जाँच्नुभएको छ, तपाईँले राती पनि मलाई जाँच्नुभएको छ;+तपाईँले मलाई खार्नुभएको छ;+मैले कुनै दाउपेच गरेको छैनँर मेरो मुखबाट दुष्ट कुरा निस्केको छैन भनेर तपाईँले थाह पाउनुहुनेछ।  ४  मानिसहरूले जेसुकै गरे पनिमचाहिँ तपाईँको मुखबाट निस्केको वचन सुन्छु र डाँकाहरूको मार्गमा हिँड्‌दिनँ।+  ५  म तपाईँकै मार्गमा हिँड्‌न सकूँताकि मेरा पाइलाले ठक्कर नखाऊन्‌।+  ६  हे परमेश्‍वर, म तपाईँलाई पुकार्छु किनभने तपाईँ मलाई जवाफ दिनुहुन्छ।+तपाईँको कान मतिर फर्काउनुहोस्‌;* मेरो पुकारा सुन्‍नुहोस्‌।+  ७  हे परमेश्‍वर, तपाईँ ती मानिसहरूका उद्धारक हुनुहुन्छ,जसले तपाईँका विरोधीहरूबाट बच्न तपाईँको दाहिने बाहुलीमुनि शरण लिन्छन्‌।आश्‍चर्यजनक तरिकाले आफ्नो अटल प्रेम देखाउनुहोस्‌।+  ८  आफ्नो आँखाको नानीलाई झैँ मलाई जोगाउनुहोस्‌;+मलाई तपाईँका पखेटामुनि लुकाउनुहोस्‌।+  ९  मलाई आक्रमण गर्ने दुष्टहरूबाटअनि मलाई घेरा हाल्ने र मार्न चाहने शत्रुहरूबाट मलाई जोगाउनुहोस्‌।+ १०  तिनीहरू निर्दयी भएका छन्‌;तिनीहरू अहङ्‌कारी हुँदै बोल्छन्‌; ११  तिनीहरूले हामीलाई उम्कनै नसक्ने गरी घेरेका छन्‌;+हामीलाई जमिनमा पछार्न* तिनीहरू दाउ खोजिरहेका छन्‌। १२  त्यो आफ्नो सिकारलाई धुजाधुजा पार्न पर्खिरहेको सिंहजस्तै छ,ढुकिबसेको जवान सिंहजस्तै। १३  हे यहोवा, त्यसविरुद्ध खडा हुन उठ्‌नुहोस्‌+ र विजयी हुनुहोस्‌;आफ्नो तरबार चलाएर दुष्टबाट मेरो ज्यान जोगाउनुहोस्‌। १४  मलाई छुटाउनुहोस्‌,* हे यहोवा,यस संसारका मानिसहरूबाट, जसको भाग यही जीवनमा छ,+जसलाई तपाईँले राम्रा-राम्रा कुरा दिनुभएको छ,+जसले आफ्ना छोराहरूलाई सम्पत्ति छोडिदिन्छन्‌। १५  तर मचाहिँ निर्दोष रहिरहनेछु ताकि तपाईँको मुहार हेर्न पाऊँ;तपाईँको सामुन्‍ने ब्युँझेर खडा हुन पाउँदा* म सन्तुष्ट हुन्छु।+

फुटनोटहरू

वा “तपाईँ मतिर झुक्नुहोस्‌ र सुन्‍नुहोस्‌।”
वा “हामीलाई खसाल्न।”
शा., “तपाईँको हातले जोगाउनुहोस्‌।”
वा “तपाईँको रूप हेर्न पाउँदा।”