भजनसङ्ग्रह १४०:१-१३
निर्देशकलाई। दाउदले रचेको भजन।
१४० हे यहोवा, दुष्ट मानिसहरूबाट मलाई छुटाउनुहोस्;हिंस्रक मानिसहरूबाट मलाई जोगाउनुहोस्,+
२ जो आफ्नो मनमा दुष्ट युक्तिहरू रच्छन्+र दिनभर लडाइँ-झगडा मच्चाउँछन्।
३ तिनीहरू आफ्नो जिब्रो सर्पको जस्तै तिखो बनाउँछन्;+तिनीहरूको ओठमुनि विषालु सर्पको विष भरिएको हुन्छ।+ (सेला)
४ हे यहोवा, दुष्टहरूको हातबाट मलाई बचाउनुहोस्;+हिंस्रक मानिसहरूबाट मलाई जोगाउनुहोस्,जो मलाई लडाउन युक्ति रच्छन्।
५ अहङ्कारी मानिसहरू मेरो निम्ति पासो थाप्छन्;तिनीहरू बाटोको छेउमा डोरीहरूको जाल बिछ्याउँछन्।+तिनीहरू मेरो लागि धराप थाप्छन्।+ (सेला)
६ म यहोवालाई भन्छु: “तपाईँ मेरा परमेश्वर हुनुहुन्छ।हे यहोवा, मेरो गुहार सुन्नुहोस्।”+
७ हे ब्रह्माण्डका मालिक यहोवा, मेरा शक्तिशाली उद्धारक,युद्धको दिनमा तपाईँ मेरो शिरलाई जोगाउनुहुन्छ।+
८ हे यहोवा, दुष्टहरूको अभिप्राय पूरा हुन नदिनुहोस्।तिनीहरूका युक्तिहरू सफल हुन नदिनुहोस् ताकि तिनीहरू घमन्डले नफुलून्।+ (सेला)
९ मलाई चारैतिरबाट घेर्नेहरूले बोलेका दुष्ट कुराहरूतिनीहरूकै थाप्लोमा आइपरोस्।+
१० तिनीहरूमाथि बलिरहेको भुङ्ग्रो बर्सियोस्।+तिनीहरूलाई आगोमा हुर्ऱ्याइयोस्,गहिरो खाडलमा* फालियोस्,+जहाँबाट तिनीहरू फेरि कहिल्यै उठ्न सक्दैनन्।
११ निन्दा गर्ने मानिसको निम्ति पृथ्वीमा कुनै ठाउँ नरहोस्।+हिंसा रुचाउने मानिसहरूलाई विपत्तिले खेदेर आफ्नो सिकार बनाओस्।
१२ मलाई थाह छ, यहोवाले दीनदुःखीहरूको पक्ष लिनुहुनेछअनि गरिबहरूको इन्साफ गर्नुहुनेछ।+
१३ धर्मीहरूले निश्चय नै तपाईँको नामको प्रशंसा गर्नेछन्;सोझा मानिसहरू तपाईँकै सामुन्ने* बस्नेछन्।+