भजनसङ्‌ग्रह १२५:१-५

  • यहोवा आफ्ना मानिसहरूको रक्षा गर्नुहुन्छ

    • “जसरी यरुसलेमको चारैतिर पहाडहरू छन्‌” ()

    • “इस्राएलमा शान्ति कायम रहोस्‌” ()

उकालीको गीत। १२५  यहोवामा भरोसा गर्नेहरू+ सियोन डाँडाजस्तै छन्‌,जसलाई कहिल्यै हल्लाउन सकिँदैन,जुन सधैँभरि स्थिर रहन्छ।+  २  जसरी यरुसलेमको चारैतिर पहाडहरू छन्‌,+त्यसरी नै यहोवा आफ्ना मानिसहरूको चारैतिर रहनुहुन्छ,+अहिले र सदासर्वदा।  ३  धर्मीहरूको अंशमा परेको जमिनमाथि दुष्टहरूको राजदण्ड रहनेछैन+ताकि धर्मीहरू दुष्कर्मतिर नलागून्‌।*+  ४  हे यहोवा, जो असल छन्‌, जो सोझो मनका छन्‌,+तिनीहरूको भलाइ गर्नुहोस्‌।+  ५  तर असल मार्गबाट तर्केर टेढो मार्गमा लाग्नेहरूलाईयहोवाले कुकर्मीहरूसितै हटाउनुहुनेछ।+इस्राएलमा शान्ति कायम रहोस्‌।

फुटनोटहरू

वा “धर्मीहरूले आफ्नो हात नबढाऊन्‌।”