भजनसङ्ग्रह ७५:१-१०
-
परमेश्वर निष्पक्ष भई न्याय गर्नुहुन्छ
-
दुष्टहरूले यहोवाको कचौराबाट पिउनेछन् (८)
-
निर्देशकलाई। “नाश हुन नदिनुहोस्”-अनुसार। आसापको रचना।+ एउटा गीत।
७५ हामी तपाईँलाई धन्यवाद चढाउँछौँ, हे परमेश्वर, हामी तपाईँलाई धन्यवाद चढाउँछौँ;तपाईँको नाम नजिकै छ+अनि मानिसहरू तपाईँका आश्चर्यजनक कामहरूको घोषणा गर्छन्।
२ तपाईँ भन्नुहुन्छ: “जब म समय ठहराउँछु,तब म निष्पक्ष भई न्याय गर्छु।
३ जब धर्ती र यसका बासिन्दाहरू डरले पग्लिए,तब मैले नै यसका खम्बाहरूलाई स्थिर राखेँ।” (सेला)
४ घमन्डीहरूलाई म भन्दछु, “घमन्ड नगर।”अनि दुष्टहरूलाई भन्दछु, “आफ्नो बलको* धक्कु नलगाओ।
५ आफ्नो बलको* धक्कु नलगाओअनि अहङ्कार गर्दै नबोल।
६ किनकि सम्मान न पूर्वबाटन पश्चिमबाट न त दक्षिणबाट नै आउँछ।
७ परमेश्वर न्यायकर्ता हुनुहुन्छ।+उहाँले एउटालाई होच्याउनुहुन्छ र अर्कोलाई उच्च पार्नुहुन्छ।+
८ यहोवाको हातमा एउटा कचौरा छ,+जसमा फीँज उठेको कडा मद्य छ।उहाँले त्यो पक्कै खन्याउनुहुनेछअनि पृथ्वीका सबै दुष्टले त्यो पिउनेछन्, त्यसको थेग्रोसमेत पिउनेछन्।”+
९ तर म भने सदासर्वदा यसको घोषणा गर्नेछु;याकुबका परमेश्वरको स्तुति गाउनेछु।*
१० किनकि उहाँ भन्नुहुन्छ: “म दुष्टहरूको बल* खतम पारिदिनेछुतर धर्मीहरूको बल* बढाइदिनेछु।”
फुटनोटहरू
^ शा., “सिङको।”
^ शा., “सिङको।”
^ वा “परमेश्वरको प्रशंसा गर्न म धुन बजाउनेछु।”
^ शा., “सिङ।”
^ शा., “सिङ।”