‘धैर्य गर्नुहोस्’!
यहोवाका साक्षीहरूको अधिवेशन २०२३
हामी तपाईँलाई यहोवाका साक्षीहरूले आयोजना गरेको तीन दिने अधिवेशन कार्यक्रममा उपस्थित हुन न्यानो आग्रह गर्छौँ।
प्रवेश निश्शुल्क • चन्दा उठाइँदैन
मुख्य आकर्षण
पहिलो दिन: धैर्य गर्दा तपाईँ कसरी आफ्ना लक्ष्यहरू हासिल गर्न सक्नुहुन्छ, बुझ्नुहोस्।
दोस्रो दिन: धैर्य गर्दा तपाईँ कसरी परिवार र साथीभाइसितको सम्बन्ध अझ राम्रो बनाउन सक्नुहुन्छ, थाह पाउनुहोस्।
तेस्रो दिन: मदतको लागि परमेश्वरलाई प्रार्थना गर्दा उहाँले के गर्नुहुनेछ? यसको जवाफ पाउन “के परमेश्वरले तपाईँको निम्ति कदम चाल्नुहुनेछ?” विषयको बाइबलआधारित भाषण सुन्नुहोस्।
यस वर्षको अधिवेशनसम्बन्धी निम्न भिडियोहरू हेर्नुहोस्
हाम्रा अधिवेशनहरूमा के हुन्छ?
यहोवाका साक्षीहरूको अधिवेशनमा के हुन्छ, थाह पाउनुहोस्।
यहोवाका साक्षीहरूको अधिवेशन २०२३: ‘धैर्य गर्नुहोस्’!
यस वर्षको अधिवेशनको विषय किन समय सुहाउँदो छ?
भिडियो नाटकको ट्रेलर: “आफ्नो मार्ग यहोवालाई सुम्पिदेऊ”
अमानि र तिनको परिवार ज्यान जोगाउन भाग्नुपर्ने हुन्छ। तिनीहरू आफैमा भर पर्नेछन् कि सुरक्षाको लागि परमेश्वरमा भर पर्नेछन्?