येसुको मृत्युको सम्झना गर्ने कार्यक्रम
बिहीबार, अप्रिल २, २०२६
हरेक वर्ष यहोवाका साक्षीहरू येसुको यस आज्ञाअनुसारै उहाँको मृत्युको सम्झना गर्छन्: “मेरो सम्झनामा यो गर्ने गर।”—लुका २२:१९.
तपाईँ र तपाईँको परिवारलाई हार्दिक स्वागत छ!
अक्सर सोधिने प्रश्नहरू
को-को आउन सक्छन्?
सबै जना आउन सक्छन्। तपाईँ आफ्ना साथी र परिवारका सदस्यहरूसँगै आउन सक्नुहुन्छ।
कार्यक्रम कति लामो हुन्छ?
यो लगभग एक घण्टाको हुन्छ।
कार्यक्रम कहाँ हुन्छ?
स्थानीय तवरमा कुन ठाउँमा कार्यक्रम हुन्छ भनी बुझ्न यहोवाका साक्षीहरूसित सम्पर्क गर्नुहोस्।
प्रवेश शुल्क लाग्छ?
लाग्दैन।
चन्दा उठाइन्छ?
उठाइँदैन। हाम्रा कुनै पनि कार्यक्रमहरूमा चन्दा सङ्कलन गरिँदैन।—मत्ति १०:८.
पहिरनको सन्दर्भमा कुनै नियम तोकिएको छ?
छैन। तर यहोवाका साक्षीहरू यस्तो विशेष अवसरमा मर्यादा झल्किने किसिमको पहिरन लगाउँछन्।
यो कार्यक्रम कसरी मनाइन्छ?
कार्यक्रमको सुरुमा र अन्तमा गीत गाइन्छ। त्यसपछि यहोवाका साक्षीमध्ये एक जना भाइले प्रार्थना गर्छन्। कार्यक्रममा दिइने बाइबलमा आधारित भाषणबाट येसुको मृत्युको महत्त्वबारे बुझ्नेछौँ। परमेश्वर र येसुले हाम्रो लागि जे गर्नुभएको छ, त्यसबाट कसरी लाभ उठाउन सक्छौँ भनेर पनि सिक्नेछौँ।
थप जानकारीको लागि “यहोवाका साक्षीहरू किन चर्चहरूभन्दा फरक तरिकामा प्रभुको साँझको भोज मनाउँछन्?” शीर्षकको लेख हेर्नुहोस्।
आगामी स्मरणार्थ कार्यक्रमहरू कहिले हुनेछन्?
२०२६: बिहीबार, अप्रिल २
२०२७: सोमबार, मार्च २२