हार्दिक निमन्त्रणा

येसुको मृत्युको सम्झना गर्ने कार्यक्रम

बिहीबार, अप्रिल २, २०२६

यी दुई वटा निश्‍शुल्क कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ

बाइबलमा आधारित विशेष भाषण

“पृथ्वीलाई कसले फेरि सुन्दर बनाउनेछ?”

पृथ्वी र मानिसजातिको लागि साँचेर राखिएको सुन्दर भविष्यबारे थाह पाउनुहोस्‌।

विशेष भाषण हुने ठाउँ खोज्ने

येसुको मृत्युको सम्झना गर्ने कार्यक्रम

यस महत्त्वपूर्ण कार्यक्रममा यहोवाका साक्षीहरू येसुको आज्ञाअनुसारै उहाँको मृत्युको सम्झना गर्छन्‌।—लुका २२:१९.

अक्सर सोधिने प्रश्‍नहरू

को-को आउन मिल्छ?

सबै जना आउन मिल्छ। पूरै परिवारलाई ल्याउन सक्नुहुन्छ।

कार्यक्रमहरू कति लामो हुन्छ?

विशेष भाषण आधा घण्टाको हुन्छ। त्यसपछि श्रोतासित बाइबलआधारित विषयमा एक घण्टाको छलफल हुन्छ।

येसुको मृत्युको सम्झना गर्ने कार्यक्रम लगभग एक घण्टाको हुन्छ।

कार्यक्रमहरू कहाँ हुन्छ?

कार्यक्रमहरू हुने ठाउँ खोज्न माथि भएको “स्मरणार्थ कार्यक्रम हुने ठाउँ खोज्ने” वा “विशेष भाषण हुने ठाउँ खोज्ने” बटन क्लिक गर्नुहोस्‌।

के यस कार्यक्रममा आएपछि यहोवाका साक्षीहरूको अरू कार्यक्रममा पनि आउनुपर्छ र बाइबल अध्ययन गर्नुपर्छ?

आउनै पर्छ वा गर्नै पर्छ भन्‍ने छैन।

चन्दा उठाइन्छ?

उठाइँदैन। यहोवाका साक्षीहरूका सभाहरूमा कहिल्यै पनि चन्दा उठाइँदैन।​—मत्ति १०:८.

पहिरनको सन्दर्भमा कुनै नियम तोकिएको छ?

छैन। तर यहोवाका साक्षीहरू शालीनता झल्किने अनि भद्र पहिरन लगाउँछन्‌।

येसुको मृत्युको सम्झना गर्ने कार्यक्रममा के हुन्छ?

सुरुमा गीत गाएपछि एक जना यहोवाको साक्षीले प्रार्थना गर्छन्‌। त्यसपछि दिइने बाइबलमा आधारित भाषणबाट येसुको मृत्युको महत्त्वबारे बुझ्नेछौँ। परमेश्‍वर र येसुले हाम्रो लागि जे गर्नुभएको छ, त्यसबाट कसरी लाभ उठाउन सक्छौँ भनेर पनि सिक्नेछौँ। अन्तमा फेरि गीत र प्रार्थना हुनेछ।

थप जानकारीका लागि “यहोवाका साक्षीहरू किन चर्चहरूभन्दा फरक तरिकामा प्रभुको साँझको भोज मनाउँछन्‌?” भन्‍ने लेख हेर्नुहोस्‌।

आगामी वर्षहरूमा येसुको मृत्युको सम्झना गर्ने कार्यक्रमहरू कहिले हुनेछन्‌?

२०२६: बिहीबार, अप्रिल २

२०२७: सोमबार, मार्च २२

२०२८: आइतबार, अप्रिल ९

थप जानकारीका लागि यी भिडियोहरू हेर्नुहोस्‌:

येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌

येसुको मृत्युको सम्झना गर्ने कार्यक्रममा के हुन्छ भनेर थाह पाउनुहोस्‌ र येसुको मृत्युले गर्दा सम्भव हुने उज्ज्वल भविष्यको पूर्वझलक हेर्नुहोस्‌।

येसु किन मर्नुभयो?

येसु हामीलाई पापबाट छुटकारा दिन मर्नुभयो भनेर तपाईँले सुन्‍नुभएको होला। तर के एक जना व्यक्‍तिको मृत्युबाट लाखौँ मानिसले लाभ उठाउन सम्भव छ?

सभाभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्‌?

कार्यक्रम कस्तो हुन्छ भनेर थाह पाउन तपाईँहरू आफै आएर हेर्नुभए कसो होला?

यो निम्तोपर्ची विभिन्‍न फर्म्याटमा डाउनलोड गर्नुहोस्‌।