भजनसङ्‌ग्रह ७०:१-५

  • झट्टै मदत गर्न बिन्ती

    • “मेरो खातिर झट्टै कदम चाल्नुहोस्‌” ()

निर्देशकलाई। दाउदको रचना, मानिसहरूको लागि सम्झौटा। ७०  हे परमेश्‍वर, मलाई बचाउनुहोस्‌;हे यहोवा, मलाई मदत गर्न झट्टै आउनुहोस्‌।+  २  मेरो ज्यान लिन खोज्नेहरू लज्जित होऊन्‌र तिनीहरूले अपमान भोगून्‌।मेरो विपत्तिमा रमाउनेहरूबेइज्जती भोगेर फर्कून्‌।  ३  मलाई देखेर “आहा! आहा!” भन्‍नेहरूआफ्नै बेइज्जतीको कारण फर्कन बाध्य होऊन्‌।  ४  तर तपाईँको खोजी गर्नेहरूतपाईँको साथ पाएकोमा रमाऊन्‌ र खुसी होऊन्‌।+अनि तपाईँले गर्नुभएका उद्धारका कामहरू मन पराउनेहरूले सधैँ यसो भनून्‌:“परमेश्‍वरको महिमा होस्‌!”  ५  तर म त असहाय र गरिब छु;+हे परमेश्‍वर, मेरो खातिर झट्टै कदम चाल्नुहोस्‌।+तपाईँ मेरो मदतगार र उद्धारक हुनुहुन्छ;+हे यहोवा, ढिलो नगर्नुहोस्‌।+

फुटनोटहरू