भजनसङ्ग्रह १२३:१-४
उकालीको गीत।
१२३ तपाईँ, जो स्वर्गमा विराजमान हुनुहुन्छ,तपाईँतिर म आफ्नो आँखा उठाउँछु।+
२ जसरी एउटा नोकरका आँखाले आफ्नो मालिकको हाततिर हेर्छन्अनि जसरी एउटी नोकर्नीका आँखाले आफ्नी मालिक्नीको हाततिर हेर्छन्,त्यसैगरि हाम्रा आँखाले यहोवा हाम्रा परमेश्वरतिर हेर्छन्,+जबसम्म उहाँले हामीमाथि अनुग्रह देखाउनुहुन्न।+
३ हामीमाथि अनुग्रह देखाउनुहोस् हे यहोवा, हामीमाथि अनुग्रह देखाउनुहोस्किनकि हामीले सहनुसम्म अपमान सहिसकेका छौँ।+
४ आफैमा बढ्ता भरोसा गर्नेहरूबाट हामीले खप्नुसम्म गिल्ला खपिसक्यौँअनि अहङ्कारीहरूबाट हामीले भोग्नुसम्म अपमान भोगिसक्यौँ।