भजनसङ्ग्रह ७९:१-१३
आसापले रचेको भजन।+
७९ हे परमेश्वर, राष्ट्रहरूले तपाईँको सम्पत्तिमाथि आक्रमण गरेका छन्;+तपाईँको पवित्र मन्दिरलाई तिनीहरूले बिटुलो पारेका छन्;+यरुसलेमलाई तिनीहरूले भग्नावशेषको थुप्रो बनाइदिएका छन्।+
२ तपाईँका सेवकहरूको लास तिनीहरूले आकाशका चराचुरुङ्गीलाई आहाराको निम्ति दिएका छन्।अनि तपाईँका वफादार जनहरूको लास तिनीहरूले जमिनका जङ्गली जनावरहरूलाई खुवाएका छन्।+
३ तिनीहरूले उनीहरूको रगत यरुसलेमभरि पानीसरह बगाएका छन्,उनीहरूको लास गाड्न कोही बाँकी छैन।+
४ हामी आफ्ना छिमेकीहरूको नजरमा घृणाको पात्र भएका छौँ;+वरपर रहेकाहरू हाम्रो ठट्टा गर्छन् र हामीलाई हाँसोमा उडाउँछन्।
५ हे यहोवा, तपाईँ कतिन्जेल क्रोधित भइरहनुहुन्छ, सधैँलाई?+तपाईँको रिस कहिलेसम्म आगोझैँ दन्किरहन्छ?+
६ तपाईँलाई नचिन्ने राष्ट्रहरूमाथिअनि तपाईँको नाम नपुकार्ने राज्यहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस्।+
७ किनकि तिनीहरूले याकुबलाई खर्लप्पै निलेका छन्अनि उसको भूमि उजाड पारिदिएका छन्।+
८ हाम्रा पुर्खाले गरेको अपराधको निम्ति हामीलाई दोषी नठहराउनुहोस्।+हामीमाथि कृपा देखाउन ढिलो नगर्नुहोस्+किनकि हामी साह्रै होच्याइएका छौँ।
९ हे हाम्रा उद्धारक परमेश्वर,+तपाईँको महिमित नामको खातिर हामीलाई मदत गर्नुहोस्;तपाईँको नामको खातिर हाम्रो उद्धार गर्नुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस्।*+
१० राष्ट्रहरूले यसो भन्ने मौका नपाऊन्: “खोइ तिनीहरूका परमेश्वर?”+तपाईँले आफ्ना सेवकहरूको रगतको बदला लिनुभएको छ भनीहाम्रो आँखाकै अगाडि राष्ट्रहरूलाई देखाइदिनुहोस्।+
११ कैदमा परेकाहरूको सुस्केरा सुनिदिनुहोस्।+मृत्युदण्डको सजाय सुनाइएकाहरूलाई* तपाईँको महाशक्तिले* बचाउनुहोस्।*+
१२ हे यहोवा, हाम्रा छिमेकीहरूले तपाईँको खिल्ली उडाएका छन्,+तिनीहरूसित सात गुणा बदला लिनुहोस्।+
१३ तब हामी—तपाईँका मानिसहरू र तपाईँको खर्कका भेडाहरू,+तपाईँलाई सदासदा धन्यवाद चढाउनेछौँअनि पुस्तौँपुस्तासम्म हामी तपाईँको प्रशंसा गर्नेछौँ।+
फुटनोटहरू
^ शा., “ढाक्नुहोस्।”
^ शा., “मृत्युका छोराहरूलाई।”
^ शा., “पाखुराले।”
^ वा सम्भवतः “मुक्त गर्नुहोस्।”