भजनसङ्ग्रह १०४:१-३५
१०४ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्।+हे यहोवा, हे मेरा परमेश्वर, तपाईँ अत्यन्तै महान् हुनुहुन्छ।+तपाईँले वैभव र गौरवको वस्त्र पहिरिनुभएको छ।+
२ पोसाक पहिरिएझैँ तपाईँले आफूलाई ज्योतिले ढाक्नुभएको छ+अनि तपाईँले आकाशलाई पालजस्तै तन्काउनुभएको छ।+
३ उहाँले आफ्नो माथिल्लो कोठाका दलिनहरू आकाशको पानीमा बसाल्नुभएको छ।+अनि बादललाई आफ्नो रथ बनाउनुभएको छ+र उहाँ बतासको पखेटामा सवार हुनुहुन्छ।+
४ उहाँ आफ्ना स्वर्गदूतहरूलाई शक्तिशाली* बनाउनुहुन्छ,आफ्ना सेवकहरूलाई भस्म गर्ने आगो बनाउनुहुन्छ।+
५ उहाँले पृथ्वीलाई त्यसको जगमा बसाल्नुभएको छ;+त्यो आफ्नो ठाउँबाट कहिल्यै डगमगाउनेछैन, सदासर्वदा स्थिर रहनेछ।+
६ वस्त्रले ढाकेझैँ तपाईँले त्यसलाई गहिरो पानीले ढाक्नुभयो।+पानीले पहाडहरूलाई ढाकेको थियो।
७ तपाईँको हप्की सुनेर तिनीहरू भागे;+तपाईँको गर्जनको आवाज सुनेपछि तिनीहरू आत्तिएर भागे
८ अनि पहाडहरू माथि उठे+ र बेँसीहरू तल झरे;तिनीहरू तपाईँले तोक्नुभएको ठाउँमै स्थिर रहे।
९ पानीले पृथ्वीलाई फेरि कहिल्यै नढाकोस् भनेरतपाईँले त्यसको सीमा तोक्नुभयो।+
१० उहाँले बेँसीहरूमा पानीका मूलहरू फुटाउनुहुन्छ;तिनीहरू पहाडहरू हुँदो बग्छन्।
११ त्यसबाट सबै जङ्गली जनावरले पानी पिउँछन्अनि जङ्गली गधाहरूले आफ्नो तिर्खा मेट्छन्।
१२ पानीको छेउछाउमा आकाशका चराहरूले आफ्नो गुँड बनाउँछन्।तिनीहरू झ्याम्म परेका हाँगाहरूबीच चिरबिर गर्छन्।
१३ उहाँले आफ्नो माथिल्लो कोठाबाट पहाडहरूलाई भिजाउनुहुन्छ।+तपाईँको मेहनतको फलले पृथ्वी सन्तुष्ट हुन्छ।+
१४ उहाँले वस्तुभाउको लागि घाँसपातर मानिसको लागि बोटबिरुवा उमार्नुभयो+ताकि जमिनबाट खानेकुरा उब्जियोस्।
१५ अनि उहाँले मानिसको हृदयलाई प्रसन्न पार्ने मद्य,+अनुहारलाई चमक दिने तेलर मानिसको हृदयलाई बलियो तुल्याउने रोटी पनि दिनुभयो।+
१६ यहोवाका रूखहरूले प्रशस्त पानी पाएका छन्,उहाँले रोप्नुभएको लेबनानको देवदारका रूखहरू सन्तुष्ट छन्।
१७ त्यहाँ चराहरूले आफ्नो गुँड बनाउँछन्अनि गरुडले+ धुपीको रूखमा आफ्नो घर बनाउँछ।
१८ अग्ला पहाडहरू जङ्गली बाख्राहरूका+ लागि हुन्अनि पहराहरू भीरखरायोको+ लुक्ने ठाउँ हुन्।
१९ उहाँले ऋतुहरू तोक्न चन्द्रमा बनाउनुभयो;सूर्यलाई आफू अस्ताउने समय कहिले हो, राम्ररी थाह छ।+
२० तपाईँले अन्धकार ल्याउनुहुन्छ र रात पर्छ+अनि सबै जङ्गली जनावर घुमफिर गर्न निस्कन्छन्।
२१ जवान सिंहहरू सिकारको लागि गर्जन्छन्+र तिनीहरूले परमेश्वरसित आहार माग्छन्।+
२२ जब सूर्य उदाउँछ,तब तिनीहरू आफ्नो ओडारमा फर्केर ढल्कन्छन्।
२३ अनि मानिसचाहिँ आफ्नो काममा जान्छर साँझसम्म परिश्रम गर्छ।
२४ हे यहोवा, तपाईँका कामहरू अनगिन्ती छन्!+ती सबै तपाईँले आफ्नो बुद्धिले बनाउनुभयो।+पृथ्वी तपाईँको सृष्टिले भरिपूर्ण छ।
२५ अनि समुद्र कत्ति विशाल र फराकिलो छ!साना-ठूला सबै किसिमका अनगिन्ती जलजन्तुले त्यो भरिभराउ छ।+
२६ त्यसमा जहाजहरू ओहोरदोहोर गर्छन्अनि तपाईँले बनाउनुभएको लेवियातान*+ त्यसमा खेल्छ।
२७ तपाईँले ठीक समयमा आहारा दिनुहुन्छ भनेर+तिनीहरू सबैले तपाईँको बाटो हेर्छन्।
२८ तपाईँ जे दिनुहुन्छ, तिनीहरू त्यही बटुल्छन्;+तपाईँले आफ्नो मुठी खोल्नुहुँदा तिनीहरू असल कुराहरूले सन्तुष्ट हुन्छन्।+
२९ तपाईँले आफ्नो अनुहार लुकाउनुहुँदा तिनीहरू व्याकुल हुन्छन्।तपाईँले तिनीहरूको सास* लैजानुभयो भने तिनीहरू मर्छन् र माटोमा मिल्छन्।+
३० तपाईँले आफ्नो पवित्र शक्ति पठाउनुहुँदा तिनीहरू सृष्टि हुन्छन्;+तपाईँले पृथ्वीको सतहलाई नयाँ तुल्याउनुहुन्छ।
३१ यहोवाको महिमा सदासर्वदा रहनेछ।यहोवा आफ्ना कामहरूमा रमाउनुहुनेछ।+
३२ उहाँले पृथ्वीलाई हेर्नुहुँदा त्यो थरथराउँछ;उहाँले पहाडहरूलाई छुनुहुँदा त्यहाँबाट धुवाँ निस्कन्छ।+
३३ म जीवनभर यहोवाको गुणगान गाउनेछु;+म बाँचुन्जेल मेरा परमेश्वरको स्तुति गाउनेछु।*+
३४ मेरा विचारहरूले उहाँलाई प्रसन्न तुल्याऊन्।*यहोवाको साथ पाएर म हर्षित हुनेछु।
३५ पापीहरू पृथ्वीबाट नामेट हुनेछन्अनि दुष्टहरू बाँकी रहने छैनन्।+मेरो हृदयले यहोवाको प्रशंसा गरोस्। याहको प्रशंसा होस्।*
फुटनोटहरू
^ हिब्रू भाषामा रुवाक। शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्।
^ शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्।
^ वा “परमेश्वरको प्रशंसा गर्न म धुन बजाउनेछु।”
^ वा सम्भवतः “उहाँबारे मैले गरेको मननको कारण उहाँ प्रसन्न होऊन्।”
^ वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।