भजनसङ्‌ग्रह ५६:१-१३

  • सताइएको बेला गरिएको प्रार्थना

    • “परमेश्‍वरमा म भरोसा राख्छु” ()

    • “मेरो आँसु तपाईँको मशकमा” ()

    • “मानिसले मलाई के गर्न सक्छ र?” (, ११)

निर्देशकलाई; “टाढा रहेको मौन ढुकुर”-अनुसार। मिक्‍ताम।* पलिस्तियालीहरूले दाउदलाई गाथमा पक्रदाँ दाउदले रचेको भजन।+ ५६  हे परमेश्‍वर, मलाई अनुग्रह देखाउनुहोस्‌ किनकि मानिसहरू मलाई हमला गरिरहन्छन्‌।दिनभरि तिनीहरू मसँग लड्‌छन्‌ र मलाई यातना दिन्छन्‌।  २  मेरा शत्रुहरू दिनभरि मलाई आक्रमण गर्छन्‌;अहङ्‌कारले भरिएर थुप्रैले मसित लडाइँ गर्छन्‌।  ३  मलाई डर लाग्दा+ म तपाईँमाथि भरोसा राख्छु।+  ४  परमेश्‍वरमा म भरोसा राख्छु, म उहाँको वचनको प्रशंसा गर्छु।परमेश्‍वरमा म भरोसा राख्छु; म डराउँदिनँ।मानिसले मलाई के गर्न सक्छ र?+  ५  हरदिन तिनीहरू मलाई आपत्‌मा पार्न खोज्छन्‌;तिनीहरू मलाई केवल हानि पुऱ्‍याउन चाहन्छन्‌।+  ६  मलाई मार्ने दाउ खोज्दैतिनीहरू मलाई आक्रमण गर्न लुकेर बस्छन्‌,+तिनीहरू मेरो हरेक पाइलामा नजर राख्छन्‌।+  ७  हे परमेश्‍वर, तिनीहरूको दुष्टताको कारण तिनीहरूलाई तिरस्कार गर्नुहोस्‌,तपाईँको क्रोधमा राष्ट्रहरूलाई ढालिदिनुहोस्‌।+  ८  म भागीभागी हिँड्‌नुपरेको बेला तपाईँले मेरो एक-एक पाइला याद गर्नुहुन्छ।+बिन्ती छ, मेरो आँसु तपाईँको मशकमा* जम्मा गरिदिनुहोस्‌।+ती तपाईँको पुस्तकमा लेखिएका छैनन्‌ र?+  ९  म जुन दिन तपाईँलाई गुहार्छु, त्यस दिन मेरा शत्रुहरू भाग्नेछन्‌।+यो कुरामा म ढुक्क छु: परमेश्‍वर मेरो साथमा हुनुहुन्छ।+ १०  परमेश्‍वरमा म भरोसा राख्छु, म उहाँको वचनको प्रशंसा गर्छु।यहोवामा म भरोसा राख्छु, म उहाँको वचनको प्रशंसा गर्छु। ११  परमेश्‍वरमा म भरोसा राख्छु; म डराउँदिनँ।+मानिसले मलाई के गर्न सक्छ र?+ १२  हे परमेश्‍वर, मेरा भाकलहरू म पूरा गरेरै छोड्‌नेछु।+म मेरो धन्यवाद तपाईँलाई अर्पण गर्नेछु।+ १३  म बाँचिरहन सकूँ र परमेश्‍वरसामु हिँड्‌न सकूँ भनेर+तपाईँले मलाई मृत्युको मुखबाट जोगाउनुभएको छ+अनि मेरा खुट्टाहरूलाई ठेस लाग्न दिनुभएको छैन।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
जनावरको छालाबाट बनेको थैलो।