भजनसङ्ग्रह ४९:१-२०
निर्देशकलाई; कोरहवंशीको+ एउटा भजन।
४९ हे सबै मानिस हो, कान थापेर सुन।संसारका समस्त बासिन्दा हो, ध्यान दिएर सुन।
२ साना र ठूला,धनी र गरिब सबैले सुन।
३ मेरो मुखले बुद्धिका कुराहरू बोल्नेछ,मेरो मनको चिन्तनले+ समझ प्रकट गर्नेछ।
४ बुद्धिले भरिएको उपदेशमा म ध्यान दिनेछु;वीणा बजाएर म उखानको अर्थ खोल्नेछु।
५ दुःखको दिन आउँदार मेरो विनाश भएको हेर्न चाहने मानिसहरूको कुकर्मले घेरिँदा म किन डराउने?+
६ ज-जसले आफ्नो धनसम्पत्तिमा भरोसा राख्छन्+र आफूसित प्रशस्त सम्पत्ति भएकोमा घमन्ड गर्छन्,+
७ तिनीहरूमध्ये कसैले पनि मोल तिरेर आफ्नो भाइलाई छुटाउन सक्दैन;परमेश्वरलाई उसको फिरौतीको मोल तिनीहरूले तिर्न सक्दैनन्।+
८ (उनीहरूको जीवनको फिरौतीको मोल असाध्यै धेरै छ,तिनीहरूले त्यो कहिल्यै तिर्न सक्दैनन्);
९ यस्तो कोही मानिस छैन, जो सधैँ बाँचिरहन्छ र जसले चिहान देख्नु पर्दैन।+
१० तिनीहरूले बुद्धिमान् मानिस पनि मरेको देख्छन्;मूर्ख र बेसमझ मानिस पनि सँगै नाश भएर जान्छन्,+उनीहरूको धनसम्पत्ति अरूकै हुनेछ।+
११ आफ्नो निवास सदा रहिरहोस् भन्ने उनीहरू चाहन्छन्,आफ्नो निवासस्थान पुस्तौँसम्म रहिरहोस् भन्ने इच्छा गर्छन्।उनीहरूले आफ्नै नामबाट आफ्नो ठाउँको नाम राखेका छन्।
१२ तर मानसम्मान कमाएको मानिस पनि आखिर बिलाएर जान्छ;+ऊ मरिजाने पशुतुल्य हुन्छ।+
१३ मूर्ख मानिसहरूको अवस्था यस्तै हुन्छ।+तिनीहरूको पछि लाग्ने र तिनीहरूको फोस्रो कुरामा रमाउनेहरूको अवस्था पनि यस्तै हुन्छ। (सेला)
१४ तिनीहरू भेडाझैँ मारिनेछन् र चिहानमा* पुग्नेछन्।मृत्यु तिनीहरूको गोठालो हुनेछ;निर्दोष मानिसहरूले बिहान तिनीहरूलाई अधीन गर्नेछन्।+तिनीहरूको सम्झना बिस्तारै हराएर जानेछ;+महल होइन तर चिहान+ तिनीहरूको घर हुनेछ।+
१५ तर परमेश्वरले मलाई मृत्युको पन्जाबाट मोल तिरेर छुटाउनुहुनेछ,+उहाँले मलाई बलियो गरी समाउनुहुनेछ। (सेला)
१६ मानिसले प्रशस्त धनसम्पत्ति कमाएको देखेरअनि उसको गौरव बढेको देखेर नडराऊ।
१७ किनकि ऊ मर्दा उसले आफूसँग केही पनि लैजान सक्दैन;+उसको गौरव उसको पछि लागेर जाँदैन।+
१८ जीवनभर उसले आफूलाई धन्यको सम्झन्छ।+(सम्पन्नहरूले सबैको वाहवाही पाउँछन्।)+
१९ तर अन्तमा ऊ पनि आफ्नो पितापुर्खासँगै मिल्छ;उसले फेरि कहिल्यै ज्योति देख्नेछैन।
२० यो कुरा नबुझ्ने मानिस, चाहे उसले जतिसुकै मानसम्मान कमाएको किन नहोस्,+ऊ मरिजाने पशुतुल्य हुन्छ।