भजनसङ्‌ग्रह ६६:१-२०

  • परमेश्‍वरका आश्‍चर्यलाग्दा र श्रद्धा जगाउने कामहरू

    • “आओ! परमेश्‍वरका कामहरू हेर” ()

    • “तपाईँसित गरेको भाकल म पूरा गर्नेछु” (१३)

    • परमेश्‍वर प्रार्थना सुन्‍नुहुन्छ (१८-२०)

निर्देशकलाई। एउटा गीत। एउटा भजन। ६६  हे सारा पृथ्वी, परमेश्‍वरको जयजयकार गर।+  २  उहाँको महिमित नामको स्तुति गाओ।*उहाँको महिमा र प्रशंसा गर।+  ३  परमेश्‍वरलाई भन: “तपाईँका कामहरू कत्ति आश्‍चर्यलाग्दा र श्रद्धा जगाउने किसिमका छन्‌!+तपाईँको महाशक्‍तिको कारणतपाईँका शत्रुहरू तपाईँसामु डरले थरथर काँप्नेछन्‌।+  ४  सारा पृथ्वीले तपाईँलाई दण्डवत्‌ गर्नेछ;+तिनीहरूले तपाईँको स्तुति गाउनेछन्‌;तिनीहरूले तपाईँको नामको स्तुति गाउनेछन्‌।”+ (सेला)  ५  आओ! परमेश्‍वरका कामहरू हेर।मानिसका छोराहरूको निम्ति उहाँले गर्नुभएका कामहरू आश्‍चर्यलाग्दा छन्‌।+  ६  उहाँले समुद्रलाई सुक्खा जमिन बनाइदिनुभयो;+तिनीहरूले पैदलै नदी तरे।+त्यहाँ हामीले उहाँको कारण खुसीयाली मनायौँ।+  ७  उहाँले आफ्नो शक्‍तिले सदासर्वदा शासन गर्नुहुन्छ।+राष्ट्रहरूमाथि उहाँले आफ्नो नजर राख्नुहुन्छ।+जो हठी छन्‌, तिनीहरूले आफूलाई माथि नउचालून्‌।+ (सेला)  ८  हे मानिसहरू हो, हाम्रा परमेश्‍वरको प्रशंसा गर,+उहाँको प्रशंसाको आवाज गुञ्जियोस्‌।  ९  उहाँले हामीलाई जीवित राख्नुहुन्छ;+उहाँले हाम्रो खुट्टालाई डग्न* दिनुहुन्‍न।+ १०  किनकि हे परमेश्‍वर, तपाईँले हामीलाई जाँच्नुभएको छ;+चाँदी खारेझैँ तपाईँले हामीलाई खार्नुभएको छ। ११  तपाईँले हामीलाई जालमा पार्नुभयो;तपाईँले हामीमाथि ठूलो बोझ लाद्‌नुभयो। १२  तपाईँले मानिसहरूलाई हामीमाथि कुल्चीमिल्ची गर्न दिनुभयो;*हामी आगो र पानी पार गरेर आयौँअनि तपाईँले हामीलाई सुरक्षित ठाउँमा ल्याउनुभयो। १३  म तपाईँको भवनमा अग्निभेटी लिएर आउनेछु;+तपाईँसित गरेको भाकल म पूरा गर्नेछु,+ १४  जुन भाकल कष्टमा पर्दा मेरो ओठले गरेको थियो+र मेरो मुखले बोलेको थियो। १५  म तपाईँलाई मोटाघाटा पशुहरूको अग्निभेटी चढाउनेछु;थुमाहरू चढाउनेछु र तिनीहरूको धुवाँ माथिसम्म उठ्‌नेछ।म बहरहरू र बाख्राहरू चढाउनेछु। (सेला) १६  हे परमेश्‍वरको भय मान्‍नेहरू हो, आओ र सुन।उहाँले मेरो निम्ति के-के गर्नुभएको छ, म तिमीहरूलाई बताउनेछु।+ १७  मैले आफ्नो मुखले उहाँलाई पुकारेँअनि आफ्नो जिब्रोले उहाँको महिमा गरेँ। १८  मैले आफ्नो मनमा कुनै नराम्रो कुरा पालेर राखेको भएयहोवाले मेरो पुकारा सुन्‍नुहुने थिएन।+ १९  तर परमेश्‍वरले सुन्‍नुभयो;+उहाँले मेरो प्रार्थनामा ध्यान दिनुभयो।+ २०  परमेश्‍वरको प्रशंसा होस्‌ किनकि उहाँले मेरो प्रार्थनालाई तिरस्कार गर्नुभएनर मलाई अटल प्रेम देखाउन पनि छोड्‌नुभएन।

फुटनोटहरू

वा “धुन बजाओ।”
वा “लरखराउन; धरमराउन।”
शा., “हामीमाथि सवार हुन दिनुभयो।”