भजनसङ्‌ग्रह २:१-१२

  • यहोवा अनि उहाँका अभिषिक्‍त जन

    • यहोवा राष्ट्रहरूलाई देखेर हाँस्नुहुन्छ ()

    • यहोवा आफ्नो राजालाई बसाल्नुहुन्छ ()

    • छोराको आदर गर (१२)

२  जातिजातिका मानिसहरूले किन खैलाबैला मच्चाएअनि मानिसहरूले किन खोक्रा कुराहरू सोचे?*+  २  यहोवा अनि उहाँका अभिषिक्‍त जनको* विरुद्धमा+पृथ्वीका राजाहरू खडा भएअनि शासकहरू एकजुट भए।*+  ३  तिनीहरू भन्छन्‌: “आओ, उनीहरूले बाँधिदिएको साङ्‌ला छिनालौँअनि उनीहरूले बाँधिदिएको डोरी चुँडालौँ!”  ४  स्वर्गको सिंहासनमा विराजमान हुनुहुने हाँस्नुहुनेछ;यहोवाले तिनीहरूको खिसी गर्नुहुनेछ।  ५  त्यतिखेर उहाँ तिनीहरूसित रिसाएर बोल्नुहुनेछअनि बल्दो रिसमा तिनीहरूलाई यसो भन्दै भयभीत पार्नुहुनेछ:  ६  “मैले रोजेको राजालाई म आफैलेमेरो पवित्र डाँडा सियोनमा+ बसालेको छु।”+  ७  यहोवाको यो उर्दी म घोषणा गर्नेछु;उहाँले मलाई यसो भन्‍नुभयो: “तिमी मेरो छोरा हौ।+म आज तिम्रो बुबा बनेको छु।+  ८  मसित माग र म जातिजातिका मानिसलाई तिम्रो सम्पत्ति तुल्याइदिनेछुअनि सारा पृथ्वी तिमीलाई सुम्पनेछु।+  ९  तिमीले तिनीहरूलाई फलामको राजदण्डले फोर्नेछौ;+माटोको भाँडोलाई जस्तै चकनाचुर पार्नेछौ।”+ १०  त्यसैले हे राजाहरू हो, बुद्धिमान्‌ होओ;पृथ्वीका न्यायाधीशहरू हो, होसियार होओ।* ११  यहोवाको डर मान्दै उहाँको सेवा गर,खुसी मान्दै उहाँको श्रद्धा गर। १२  छोराको आदर* गर,+ नत्रता परमेश्‍वर रिसाउनुहुनेछर तिमीहरू नाश हुनेछौ+किनकि उहाँको रिस आगोझैँ दन्किनेछ। उहाँमा शरण लिनेजति सबै रमाउनेछन्‌।

फुटनोटहरू

वा “खोक्रा कुराहरूमा मनन गरे?”
वा “उहाँका ख्रिष्टको।”
वा “शासकहरूले आपसमा सल्लाह गरे।”
वा “शिक्षा लेओ।”
शा., “छोरालाई चुम्बन।”