भजनसङ्‌ग्रह ७६:१-१२

  • सियोनका शत्रुहरूमाथि परमेश्‍वरको विजय

    • परमेश्‍वर नम्र जनहरूलाई बचाउनुहुन्छ ()

    • शत्रुहरूको घमन्डलाई चूरचूर पारिनेछ (१२)

निर्देशकलाई; तारे बाजाहरूसहित बजाउने। आसापले रचेको भजन।+ एउटा गीत। ७६  सारा यहुदाले परमेश्‍वरलाई चिन्छ;+इस्राएलमा उहाँको नाम महान्‌ छ।+  २  उहाँको निवास सालेममा छ;+उहाँ सियोनमा बास गर्नुहुन्छ।+  ३  उहाँले त्यहाँ अग्निबाणहरू भाँचिदिनुभयो,ढाल, तरबार र युद्धका हातहतियारलाई टुक्राटुक्रा पारिदिनुभयो।+ (सेला)  ४  तपाईँ चमचम चम्कनुहुन्छ;*तपाईँ सिकारले भरिएको पहाडभन्दा पनि महिमित हुनुहुन्छ।  ५  निडर मानिसहरू लुटिए।+तिनीहरू मृत्युको चिर निद्रामा परे;योद्धाहरू सबै असहाय भए।+  ६  हे याकुबका परमेश्‍वर, तपाईँको हप्कीले गर्दारथ हाँक्ने सिपाही र घोडा दुवै मृत्युको चिर निद्रामा परे।+  ७  तपाईँ मात्र श्रद्धा र भय जगाउने परमेश्‍वर हुनुहुन्छ।+तपाईँको बल्दो रिसको अगाडि को खडा रहन सक्छ र?+  ८  तपाईँले स्वर्गबाट न्यायदण्ड घोषणा गर्नुभयो।+पृथ्वी त्यसबेला डरले चुपचाप रह्‍यो,+  ९  जब परमेश्‍वर सजाय दिनर पृथ्वीका नम्र जनहरूलाई बचाउन उठ्‌नुभयो।+ (सेला) १०  मानिसको क्रोधलाई तपाईँ आफ्नो प्रशंसामा बदल्नुहुन्छ;+तिनीहरूको बाँकी रहेको क्रोधले तपाईँ आफूलाई महिमित तुल्याउनुहुन्छ। ११  तिमीहरूका परमेश्‍वर यहोवालाई भाकल गर र ती पूरा गर,+उहाँको वरपर भएका सबैले उहाँको भय मान्दै भेटी लिएर आऊन्‌।+ १२  शासकहरूको घमन्डलाई उहाँले चूरचूर पार्नुहुनेछ;पृथ्वीका राजाहरू उहाँको डरले काँप्छन्‌।

फुटनोटहरू

वा “तपाईँ ज्योतिले ढाकिनुभएको छ।”