भजनसङ्ग्रह २५:१-२२
दाउदको रचना।
א [आलेफ]
२५ हे यहोवा, म तपाईँतिर फर्कन्छु।
ב [बेथ]
२ हे मेरा परमेश्वर, म तपाईँमा भरोसा गर्छु;+मलाई लाजमा पर्न नदिनुहोस्।+मेरा शत्रुहरू मेरो दुःख देखेर हाँस्न नपाऊन्।+
ג [गिमेल]
३ हो, तपाईँमाथि आशा राख्ने कोही पनि लाजमा पर्नेछैन+तर विनाकारण विश्वासघात गर्नेहरू भने लज्जित हुनेछन्।+
ד [दालेथ]
४ हे यहोवा, मलाई तपाईँको मार्ग देखाउनुहोस्;+मलाई तपाईँको बाटोमा हिँड्न सिकाउनुहोस्।+
ה [हे]
५ तपाईँको सही मार्गमा मलाई हिँडाउनुहोस् र मलाई सिकाउनुहोस्+किनकि तपाईँ मेरो उद्धार गर्नुहुने परमेश्वर हुनुहुन्छ।
ו [वाव]
हरसमय म तपाईँमा नै आशा राख्छु।
ז [जयिन]
६ हे यहोवा, आफ्नो कृपा र अटल प्रेमलाई सम्झनुहोस्,+जुन तपाईँले सधैँ देखाउनुभएको छ।*+
ח [हेत]
७ मेरा जवानीका पापहरू र मेरा अपराधहरू नसम्झनुहोस्।हे यहोवा, आफ्नो अटल प्रेमअनुसार मेरो सम्झना गर्नुहोस्+र आफ्नो भलाइको खातिर मलाई सम्झनुहोस्।+
ט [टेथ]
८ यहोवा असल र इमानदार हुनुहुन्छ।+त्यसैले उहाँ पापीहरूलाई जिउने बाटो देखाउनुहुन्छ।+
י [योद]
९ जे सही* छ, त्यही गर्न उहाँले नम्रहरूलाई डोऱ्याउनुहुन्छ;+नम्रहरूलाई उहाँले आफ्नो मार्गमा हिँड्न सिकाउनुहुन्छ।+
כ [काफ]
१० यहोवाको करार+ र सम्झौटाहरूअनुसार+ चल्नेहरूका लागिउहाँका सबै मार्ग प्रेम* र वफादारीले भरिपूर्ण छन्।
ל [लामेद]
११ हे यहोवा, मैले ठूलो गल्ती गरेको छु;तैपनि तपाईँको नामको खातिर+ मलाई क्षमा दिनुहोस्।
מ [मेम]
१२ यहोवाको डर मान्ने मानिस को छ?+कुन बाटो रोज्ने हो, परमेश्वरले उसलाई सिकाउनुहुनेछ।+
נ [नुन]
१३ त्यस्तो मानिसले परमेश्वरको भलाइ अनुभव गर्नेछ+अनि उसका सन्तानले पृथ्वी अधिकार गर्नेछन्।+
ס [सामेख]
१४ यहोवाको डर मान्नेहरू मात्र उहाँको घनिष्ठ मित्र बन्न पाउँछन्+अनि उहाँले तिनीहरूलाई आफ्नो करारबारे बताउनुहुन्छ।+
ע [अयिन]
१५ मेरा आँखाहरू हरबखत यहोवातिर हुन्छन्+किनकि उहाँले मेरा खुट्टाहरूलाई पासोबाट छुटाउनुहुनेछ।+
פ [पे]
१६ मतिर आफ्नो मुहार फर्काउनुहोस् अनि मलाई अनुग्रह देखाउनुहोस्किनकि म एक्लो र निस्सहाय छु।
צ [सादे]
१७ मेरो मनका पीडाहरू अनगिन्ती भएका छन्;+मेरो वेदनाबाट मलाई छुटकारा दिनुहोस्।
ר [रेश]
१८ मेरो दुःख र ममाथि आइपरेको विपत्ति हेर्नुहोस्+अनि मेरा सबै पाप क्षमा गर्नुहोस्।+
१९ हेर्नुहोस्, मेरा शत्रुहरू गन्नै नसक्नेगरि धेरै भएका छन्,तिनीहरू मलाई यति धेरै घृणा गर्छन् कि तिनीहरू मेरो ज्यानै लिन खोज्छन्।
ש [शिन]
२० मेरो रक्षा गर्नुहोस् अनि मेरो ज्यान बचाइदिनुहोस्।+म लाजमा पर्नु नपरोस् किनकि मैले तपाईँमा शरण लिएको छु।
ת [ताव]
२१ सत्यनिष्ठा र इमानदारीले मेरो रक्षा गरून्+किनकि मैले तपाईँमा नै आशा राखेको छु।+
२२ हे परमेश्वर, इस्राएललाई उसका सबै दुःखबाट छुटकारा दिनुहोस्।

