भजनसङ्ग्रह ३५:१-२८
दाउदको रचना।
३५ हे यहोवा, मेरा विरोधीहरूसित मेरो मुद्दा लड्नुहोस्;+मसित लडाइँ गर्नेहरूविरुद्ध लडाइँ गर्नुहोस्।+
२ तपाईँको सानो* र ठूलो ढाल उठाउनुहोस्+अनि मलाई बचाउन खडा हुनुहोस्।+
३ मलाई खेद्नेहरूविरुद्ध तपाईँको भाला र बन्चरो उठाउनुहोस्+अनि मलाई भन्नुहोस्: “म तिम्रो उद्धारक हुँ।”+
४ मेरो ज्यान लिन खोज्नेहरू लाजमा परून् र तिनीहरूले बेइज्जती भोगून्।+षड्यन्त्र रचेर मलाई नाश गर्न खोज्नेहरू अपमानित होऊन् र फर्केर जाऊन्।
५ तिनीहरू हावाले उडाउने भूसजस्तै होऊन्;यहोवाका स्वर्गदूतले तिनीहरूलाई धपाऊन्।+
६ यहोवाका स्वर्गदूतले तिनीहरूलाई लखेट्दातिनीहरूको बाटो अँध्यारो र चिप्लो होस्।
७ किनकि विनाकारण मलाई पासोमा पार्न तिनीहरूले जाल बिछ्याएका छन्;कारणैविना तिनीहरूले मेरो लागि खाडल खनेका छन्।
८ चिताउँदै नचिताएको बेला तिनीहरूमाथि विपत्ति आइपरोस्;आफूले बिछ्याएको जालमा तिनीहरू आफै परून्;तिनीहरू आफै त्यसमा फसून् र नाश होऊन्।+
९ तर यहोवा मेरो साथमा हुनुहुन्छ, त्यसैले म रमाउनेछु;उहाँले गर्नुहुने उद्धारमा म खुसी हुनेछु।
१० मेरा सबै हड्डीले भन्नेछन्:“हे यहोवा, तपाईँजस्तो अरू को छ र?बलवान्हरूको हातबाट तपाईँ निस्सहायहरूलाई छुटाउनुहुन्छ,+लुटेराहरूको पन्जाबाट असहाय र गरिबहरूलाई बचाउनुहुन्छ।”+
११ दुष्टहरू मेरो विरुद्धमा साक्षी दिन अघि सर्छन्+र मलाई थाहै नभएको विषयमा प्रश्न गर्छन्।
१२ भलाइको बदलामा तिनीहरू मेरो खराबी गर्छन्;+तिनीहरू मलाई शोकित पार्छन्।
१३ तर तिनीहरू बिरामी पर्दा मैले भाङ्ग्रा लगाएँ;उपवास बसेर मैले आफैलाई सास्ती दिएँअनि मेरो प्रार्थनाको जवाफ नपाउँदा
१४ आफ्नो साथी वा दाजुभाइको लागि जस्तैगरि म शोक गर्दै हिँडेँ;आफ्नी आमाको लागि कसैले शोक गरेझैँ मैले दुःखले आफ्नो शिर निहुऱ्याएँ।
१५ तर जब म लडेँ, तिनीहरू खुसी भए र एकसाथ जम्मा भए;तिनीहरू हुल बाँधेर मलाई आक्रमण गर्न ढुकिबसे;तिनीहरूले मलाई टुक्राटुक्रा पारे, तिनीहरू चुप बसेनन्।
१६ भक्तिहीन मानिसहरू मलाई तुच्छ ठान्दै मेरो खिसी गर्छन्,*तिनीहरू मलाई हेर्दै दाह्रा किट्छन्।+
१७ हे यहोवा, तपाईँ कतिन्जेल हेरेर बस्नुहुन्छ?+तिनीहरूको आक्रमणबाट मलाई जोगाउनुहोस्,+जवान सिंहबाट मेरो अमूल्य जीवनलाई बचाउनुहोस्।+
१८ अनि म ठूलो समुदायको बीचमा तपाईँलाई धन्यवाद चढाउनेछु;+मानिसहरूको भीडसामु तपाईँको प्रशंसा गर्नेछु।
१९ विनाकारण मेरो शत्रु बनेकाहरूलाई मेरो गिल्ला गर्न नदिनुहोस्;विनाकारण मलाई घृणा गर्नेहरूलाई+ मेरो अहित चिताउँदै आँखा झिम्काउन नदिनुहोस्।+
२० किनकि तिनीहरूले शान्तिका कुराहरू गर्दैनन्बरु देशमा शान्तिसित बसिरहेकाहरूलाई फसाउन धूर्त चालहरू चल्छन्।+
२१ मलाई आरोप लगाउन तिनीहरू आफ्नो मुख बाउँछन्र भन्छन्: “आहा! आहा! हामीले आफ्नै आँखाले देख्यौँ।”
२२ हे यहोवा, तपाईँले यी सबै देख्नुभएको छ; तपाईँ चुप नबस्नुहोस्।+हे यहोवा, मबाट टाढा नरहनुहोस्।+
२३ उठ्नुहोस् र मेरो रक्षा गर्नुहोस्,हे यहोवा, मेरा परमेश्वर, मेरो तर्फबाट मुद्दा लड्नुहोस्।
२४ हे यहोवा, मेरा परमेश्वर, तपाईँको धार्मिक स्तरअनुसार मेरो इन्साफ गर्नुहोस्;+मेरो हालत देखेर तिनीहरूले ठट्टा गर्न नपाऊन्।
२५ तिनीहरूले मनमनै कहिल्यै यसो भन्न नपाऊन्: “आहा! हामीले सोचेजस्तै भयो।”तिनीहरूले कहिल्यै यसो भन्न नपाऊन्: “हामीले त्यसलाई निल्यौँ।”+
२६ मेरो विपत्ति देखेर मेरो गिल्ला गर्नेहरूसबै लाजमा परून् र बेइज्जती भोगून्।अनि ज-जसले आफूलाई मभन्दा माथि उचाले, तिनीहरूलाई लाज र अपमानले ढाकोस्।
२७ तर मेरो धार्मिकता देखेर खुसी हुनेहरूले आनन्दसाथ जयजयकार गरून्अनि तिनीहरूले निरन्तर यसो भनून्:“यहोवाको महिमा होस्, जो आफ्ना सेवकहरूले पाएको शान्तिमा प्रसन्न हुनुहुन्छ।”+
२८ त्यसपछि मेरो जिब्रोले तपाईँको धार्मिकताको बखान* गर्नेछ+अनि दिनभर तपाईँको प्रशंसा गर्नेछ।+
फुटनोटहरू
^ प्रायजसो धनुर्धारीले बोक्ने ढाल।
^ वा सम्भवतः “अलिकति खानाको लागि अभक्तहरूले खिसी गर्छन्।”
^ वा “मनन।”