भजनसङ्ग्रह १५:१-५
दाउदले रचेको भजन।
१५ हे यहोवा, तपाईँको पालमा कसले बास पाउला?तपाईँको पवित्र डाँडामा को बस्न पाउला?+
२ त्यो मानिस, जसले निर्दोष* जीवन बिताउँछ,+जसले असल काम गर्छ+र मनैदेखि सत्य बोल्छ।+
३ त्यो मानिस, जसले निन्दा गर्दैन,+छिमेकीको खराबी गर्दैन+र साथीहरूको बेइज्जत गर्दैन।*+
४ त्यो मानिस, जसले नीच मानिसलाई तिरस्कार गर्छ+तर यहोवाको डर मान्नेलाई आदर गर्छर आफ्नै हानि भए पनि आफ्नो वचन* पूरा गर्छ।+
५ त्यो मानिस, जसले पैसा ब्याजमा लगाउँदैन,*+जसले निर्दोष मानिसविरुद्ध घुस लिँदैन।+यस्ता कामहरू गर्ने कहिल्यै डग्नेछैन।*+
फुटनोटहरू
^ वा “निष्ठावान् भई।”
^ वा “साथीहरूलाई लाजमा पार्दैन।”
^ शा., “शपथ।”
^ वा “जसले खाँचोमा परेकोसँग ब्याज लिँदैन।”
^ वा “कहिल्यै लरखराउनेछैन (धरमराउनेछैन)।”