भजनसङ्‌ग्रह ११२:१-१०

  • धर्मी मानिसले यहोवाको डर मान्छ

    • “उदार भई ऋण दिने मानिसको भलो हुन्छ” ()

    • “धर्मी मानिसको सधैँ सम्झना गरिनेछ” ()

    • उदार मानिसले गरिबलाई दिन्छ ()

११२  याहको प्रशंसा गर!*+ א [आलेफ] आनन्दित हो त्यो मानिस, जसले यहोवाको डर मान्छ,+ ב [बेथ] जो उहाँका आज्ञाहरूमा ज्यादै रमाउँछ।+ ג [गिमेल]  २  उसका सन्तान पृथ्वीमा शक्‍तिशाली हुनेछन्‌ ד [दालेथ] अनि सोझाहरूको पुस्ताले आशिष्‌ पाउनेछ।+ ה [हे]  ३  उसको घरमा धनसम्पत्ति हुन्छ ו [वाव] अनि उसको धार्मिकता सदा रहिरहन्छ। ז [जयिन]  ४  उहाँ सोझाहरूको लागि अन्धकारमा ज्योतिजस्तै चम्किनुहुन्छ।+ ח [हेत] उहाँ दयालु, कृपालु+ र न्यायी हुनुहुन्छ। ט [टेथ]  ५  उदार भई ऋण दिने मानिसको भलो हुन्छ।+ י [योद] उसले आफ्नो सबै काम न्यायसाथ गर्छ। כ [काफ]  ६  ऊ कहिल्यै डगमगाउनेछैन।+ ל [लामेद] धर्मी मानिसको सधैँ सम्झना गरिनेछ।+ מ [मेम]  ७  ऊ नराम्रो खबरले डराउनेछैन।+ נ [नुन] यहोवामा भरोसा राखेकोले उसको मन स्थिर रहन्छ।+ ס [सामेख]  ८  उसको मन दृढ* छ; ऊ डराउँदैन;+ ע [अयिन] आखिरमा उसले आफ्ना शत्रुहरूको पराजय देख्नेछ।+ פ [पे]  ९  उसले उदारतासाथ बाँडेको छ; उसले गरिबहरूलाई दिएको छ।+ צ [सादे] उसको धार्मिकता सधैँभरि टिकिरहन्छ।+ ק [कोफ] उसको शक्‍तिको* महिमा बढ्‌दै जानेछ। ר [रेश] १०  दुष्टले त्यो देख्नेछ र त्यसको मन कुँडिनेछ। ש [शिन] त्यसले दाह्रा किट्‌नेछ र त्यो नाश हुनेछ। ת [ताव] दुष्टको चाहना कहिल्यै पूरा हुनेछैन।+

फुटनोटहरू

वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।
वा “दह्रो; स्थिर।”
शा., “सिङको।”