भजनसङ्ग्रह ४०:१-१७
निर्देशकलाई; दाउदले रचेको भजन।
४० मैले साँचो मनले यहोवामा आशा राखेँ *अनि उहाँले आफ्नो कान मतिर फर्काउनुभयो* र मेरो गुहार सुन्नुभयो।+
२ उहाँले मलाई उर्लँदो पानीको खाडलबाट निकाल्नुभयो,हिलोको दलदलबाट निकाल्नुभयो।उहाँले मलाई चट्टानमा उभ्याउनुभयो;उहाँले मेरा पाइलाहरू स्थिर गराउनुभयो।
३ त्यसपछि उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो,+हाम्रा परमेश्वरको प्रशंसाको गीत।यो देखेर थुप्रै मानिस श्रद्धाले भरिनेछन्अनि यहोवामा आफ्नो भरोसा राख्नेछन्।
४ आनन्दित हो त्यो मानिस, जसले यहोवामा भरोसा राख्छअनि अहङ्कारी मानिसहरू र झूटा कुराहरूमा विश्वास गर्नेहरूको पछि लाग्दैन।
५ हे यहोवा मेरा परमेश्वर,तपाईँले हाम्रो लागि कत्ति धेरै आश्चर्यजनक कामहरू गर्नुभएको छ!+अनि तपाईँले हाम्रो लागि सोच्नुभएका कुराहरू कत्ति धेरै छन्!तपाईँको बराबरीमा कोही आउन सक्दैन।+मैले तीबारे बोल्न र बयान गर्न चाहेँ भने पनित्यसको गन्ती नै गर्न सकिँदैन!+
६ तपाईँले बलिदान र भेटीहरू चाहनुभएन*+बरु सुन्नको लागि मेरा कानहरू खोलिदिनुभयो।+तपाईँले अग्निभेटी र पापभेटीको* पनि माग गर्नुभएन।+
७ तब मैले भनेँ: “हेर्नुहोस्, म आएँ,जस्तो कि मुठामा मेरो विषयमा लेखिएको छ।+
८ हे मेरा परमेश्वर, म तपाईँको इच्छा पूरा गर्न पाउँदा रमाउँछु*+अनि तपाईँको व्यवस्था मेरो हृदयको गहिराइमा छ।+
९ म ठूलो समुदायमा धार्मिकताको सुसमाचार घोषणा गर्छु।+हे यहोवा, तपाईँलाई थाहै छ;हेर्नुहोस्, म आफ्नो मुख बन्द गर्दिनँ।+
१० तपाईँका असल कामहरू म आफ्नो मनमा दबाएर राख्दिनँ।तपाईँको वफादारी र तपाईँले गर्नुहुने उद्धारको म घोषणा गर्छु।ठूलो समुदायमा म तपाईँको अटल प्रेम र तपाईँको सत्यता लुकाउँदिनँ।”+
११ हे यहोवा, मलाई कृपा देखाउन नछोड्नुहोस्।तपाईँको अटल प्रेम र सत्यताले मेरो रक्षा गरिरहून्।+
१२ मलाई तीनथुप्रो विपत्तिले घेरेको छ, म गन्ती नै गर्न सक्दिनँ।+अनि मेरा गल्तीहरू यति धेरै छन् कि म आफ्नो बाटोसमेत देख्न सक्दिनँ।+ती मेरो शिरका केशहरूभन्दा पनि धेरै छन्,मेरो मन हताश भएको छ।
१३ हे यहोवा, बिन्ती छ, मलाई बचाउनुहोस्।+हे यहोवा, मलाई मदत गर्न झट्टै आउनुहोस्।+
१४ मेरो ज्यान लिन खोज्नेहरू सबै लज्जित होऊन्र तिनीहरूले अपमान भोगून्।मेरो विपत्तिमा रमाउनेहरूबेइज्जती भोगेर फर्कून्।
१५ मलाई देखेर “आहा! आहा!” भन्नेहरूआफ्नै बेइज्जतीको कारण स्तब्ध होऊन्।
१६ तर तपाईँको खोजी गर्नेहरू+तपाईँको साथ पाएकोमा रमाऊन् र खुसी होऊन्।+अनि तपाईँले गर्नुभएका उद्धारका कामहरू मन पराउनेहरूले सधैँ यसो भनून्:“यहोवाको महिमा होस्।”+
१७ तर म त असहाय र गरिब छु;यहोवाले मलाई ध्यान देऊन्।तपाईँ मेरो मदतगार र उद्धारक हुनुहुन्छ;+हे मेरा परमेश्वर, ढिलो नगर्नुहोस्।+
फुटनोटहरू
^ वा “धीरजी भई पर्खिएँ।”
^ वा “उहाँ मेरो कुरा सुन्नलाई झुक्नुभयो।”
^ वा “बलिदान र भेटीहरूदेखि प्रसन्न हुनुभएन।”
^ वा “चाहन्छु।”