भजनसङ्‌ग्रह २९:१-११

  • यहोवाको शक्‍तिशाली स्वर

    • पवित्र पोसाक लगाएर उपासना गर ()

    • “महिमित परमेश्‍वर गर्जनुहुन्छ” ()

    • यहोवा आफ्ना मानिसहरूलाई बल दिनुहुन्छ (११)

दाउदले रचेको भजन। २९  हे वीरहरूका छोराहरू हो, यहोवाको आदर गर,यहोवाको मान गर किनकि उहाँ महिमावान्‌ र शक्‍तिशाली हुनुहुन्छ।+  २  यहोवाको नामले पाउनुपर्ने महिमा उहाँलाई देओ;पवित्र पोसाक लगाएर* यहोवालाई दण्डवत्‌ गर।*  ३  यहोवाको स्वर बादलमाथिबाट* सुनिन्छ,महिमित परमेश्‍वर गर्जनुहुन्छ।+यहोवा बाक्लो बादलमाथि हुनुहुन्छ।+  ४  यहोवाको स्वर शक्‍तिशाली छ;+यहोवाको स्वर बेजोड छ।  ५  यहोवाको स्वरले देवदारका रूखहरू भाँचिन्छन्‌;हो, यहोवाले लेबनानको देवदारका रूखहरूलाई टुक्राटुक्रा पार्नुहुन्छ।+  ६  उहाँको स्वर सुनेर लेबनान* बाछाजस्तैअनि सिरिओन+ जङ्‌गली बहरजस्तै उफ्रन्छ।  ७  यहोवा बोल्नुहुँदा आकाशमा बिजुली चम्किन्छ।+  ८  यहोवाको स्वर सुनेर निर्जनभूमि काँप्छ;+यहोवाले गर्दा कादेसको निर्जनभूमि थरथराउँछ।+  ९  यहोवाको स्वर सुनेर हरिणी डरले काँप्छे र ब्याउँछेअनि जङ्‌गलहरू उजाड हुन्छन्‌।+अनि उहाँको मन्दिरमा हुने सबैले भन्छन्‌: “परमेश्‍वरको महिमा होस्‌!” १०  यहोवा पानीको विशाल भेलमाथि* विराजमान हुनुहुन्छ;+यहोवा सिंहासनमा बस्नुभएको छ र उहाँको शासनको अन्त कहिल्यै हुनेछैन।+ ११  यहोवाले आफ्ना मानिसहरूलाई बल दिनुहुनेछ,+यहोवाले आफ्ना मानिसहरूलाई शान्तिको वरदान दिनुहुनेछ।+

फुटनोटहरू

वा सम्भवतः “उहाँको पवित्रता वैभवशाली भएकोले।”
वा “उपासना गर।”
शा., “पानीमाथिबाट।”
यसले लेबनानको पर्वतमालालाई जनाएको हुनुपर्छ।
वा “स्वर्गमा फैलिएको महासागरमाथि।”