भजनसङ्ग्रह १२८:१-६
उकालीको गीत।
१२८ आनन्दित हुन् ती सबै, जसले यहोवाको डर मान्छन्,+जो उहाँको मार्गमा हिँड्छन्।+
२ तिमीले आफ्नो हातले गरेको परिश्रमको फल खानेछौ।तिमी आनन्दित हुनेछौ र तिम्रो फलिफाप हुनेछ।+
३ तिम्रो घरमा तिम्री पत्नी फलदायी अङ्गुरको बोटजस्तै हुनेछिन्+अनि तिम्रा छोराहरू तिम्रो टेबुलवरिपरि जैतुनका मुनाहरूजस्तै हुनेछन्।
४ हेर, यहोवाको डर मान्ने मानिसलेयसरी नै आशिष् पाउनेछ।+
५ यहोवाले तिमीलाई सियोनबाट आशिष् दिनुहुनेछ।तिमीले आफ्नो जीवनभर यरुसलेमको फलिफाप भएको देख्न पाऊ।+
६ तिमीले आफ्ना नाति-पनाति देख्न पाऊ।इस्राएलमा शान्ति छाओस्।