भजनसङ्‌ग्रह ६२:१-१२

  • साँचो उद्धार परमेश्‍वरबाट आउँछ

    • “म चुपचाप परमेश्‍वरको बाटो हेर्छु” (, )

    • ‘तिमीहरूको मनको बह परमेश्‍वरलाई पोखाओ’ ()

    • मानिस सास मात्र हो ()

    • धनसम्पत्तिमा भर नपर (१०)

निर्देशकलाई; यदुथुनको।* दाउदले रचेको भजन। ६२  निश्‍चय नै म चुपचाप परमेश्‍वरको बाटो हेर्छु।मेरो उद्धार उहाँबाटै आउँछ।+  २  उहाँ नै मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्छ, मेरो शरणस्थान,*+म कहिल्यै धरमराएर लड्‌नेछैनँ।+  ३  एउटा मान्छेलाई मार्न तिमीहरू कहिलेसम्म उसलाई आक्रमण गरिरहन्छौ?+तिमीहरू सबै ढल्किसकेको पर्खालजत्तिकै, भत्किनै लागेको ढुङ्‌गाको पर्खालजत्तिकै खतरनाक छौ।*  ४  उसको उच्च पदबाट* उसलाई खसाल्न तिनीहरू सरसल्लाह गर्छन्‌;तिनीहरू झूट बोल्न पाउँदा खुसी हुन्छन्‌।तिनीहरू मुखले त आशिष्‌ दिन्छन्‌ तर भित्रभित्रै भने सराप दिन्छन्‌।+ (सेला)  ५  तर म भने चुपचाप परमेश्‍वरको बाटो हेर्छु+किनकि उहाँले नै मलाई आशा दिनुहुन्छ।+  ६  उहाँ नै मेरो चट्टान र मेरो उद्धारक हुनुहुन्छ, मेरो शरणस्थान;म कहिल्यै धरमराउनेछैनँ।+  ७  मेरो उद्धार र मेरो महिमा परमेश्‍वरकै हातमा छ।परमेश्‍वर नै मेरो बलियो चट्टान, मेरो शरणस्थान हुनुहुन्छ।+  ८  हे मानिसहरू हो, सधैँ उहाँमा भरोसा गर।तिमीहरूको मनको बह उहाँलाई पोखाओ।+परमेश्‍वर हाम्रो शरणस्थान हुनुहुन्छ।+ (सेला)  ९  मानिस एक मुठी सास मात्र हो,मानिसको सन्तान भरपर्दा हुन्छन्‌ भन्‍ने कुरा भ्रम मात्र हो।+तिनीहरूलाई तराजुमा जोखियो भने तिनीहरूको वजन एक मुठी सासभन्दा हलुको हुन्छ।+ १०  लुटपाट गरेर धनी होइन्छवा डकैती गरेर मालामाल भइन्छ भन्‍ने भ्रममा नपर।तिमीहरूको धनसम्पत्ति बढ्‌दा त्यसमा मन नलगाओ।+ ११  परमेश्‍वर मसित बोल्नुभयो, उहाँले दुई पटक यसो भन्‍नुभएको मैले सुनेँ:शक्‍ति परमेश्‍वरकै हो।+ १२  हे यहोवा, अटल प्रेम पनि तपाईँकै हो+किनकि तपाईँ हरेक मानिसलाई उसको कामअनुसार प्रतिफल दिनुहुन्छ।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “अग्लो किल्ला।”
वा सम्भवत: “तिमीहरू सबै उसलाई ढल्किसकेको पर्खालजस्तै, ढल्नै आँटेको ढुङ्‌गाको पर्खालजस्तै ठान्छौ।”
वा “मर्यादाबाट।”