भजनसङ्‌ग्रह २३:१-६

  • “यहोवा मेरो गोठालो हुनुहुन्छ”

    • “मलाई कुनै कुराको कमी हुनेछैन” ()

    • “उहाँ मलाई स्फूर्ति दिनुहुन्छ” ()

    • “मेरो प्याला भरिएर पोखिन्छ” ()

दाउदले रचेको भजन। २३  यहोवा मेरो गोठालो हुनुहुन्छ।+मलाई कुनै कुराको कमी हुनेछैन।+  २  उहाँ मलाई हरियो खर्कमा सुताउनुहुन्छ;पानीछेउको आराम गर्ने ठाउँमा* उहाँ मलाई डोऱ्‍याउनुहुन्छ।+  ३  उहाँ मलाई स्फुर्ती दिनुहुन्छ।+उहाँको नामको खातिर उहाँ मलाई असल मार्गमा डोऱ्‍याउनुहुन्छ।+  ४  निस्पट्ट अन्धकार छाएको बेँसीमा म हिँड्‌नुपरे पनि+मलाई कुनै कुराको डर छैन+किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ;+तपाईँको लौरो र तपाईँको छडीले मलाई ढाडस* दिन्छ।  ५  मेरा शत्रुहरूको अगाडि तपाईँले मेरो लागि टेबुल तयार पार्नुहुन्छ।+तेल खन्याएर तपाईँले मेरो शिरलाई ताजा पार्नुहुन्छ।+मेरो प्याला भरिएर पोखिन्छ।+  ६  मेरो जिन्दगीभरि भलाइ र अटल प्रेम अवश्‍यै मेरो पछि लाग्नेछन्‌;+आजीवन म यहोवाकै भवनमा रहनेछु।+

फुटनोटहरू

वा सम्भवतः “शान्त पानी भएको ठाउँमा।”
वा “सान्त्वना।”