भजनसङ्‌ग्रह ४२:१-११

  • महान्‌ उद्धारकको रूपमा परमेश्‍वरको प्रशंसा

    • मृगले पानीको लागि तिर्सना गरेझैँ परमेश्‍वरको लागि तिर्सना (१, २)

    • “म किन यत्ति निराश छु?” (,११)

    • “परमेश्‍वरमा आशा राख” (,११)

निर्देशकलाई; कोरहवंशीको मास्किल।*+ ४२  जसरी मृगले पानीको तिर्सना गर्छ,त्यसरी नै हे परमेश्‍वर, म तपाईँको तिर्सना गर्छु।  २  परमेश्‍वरको निम्ति, जीवित परमेश्‍वरको निम्ति म तिर्खाउँछु।+ उहाँसामु म कहिले देखा परूँला?+  ३  दिनरात बगेको आँसुको धारा नै मेरो भोजन भएको छ;हरपल मानिसहरू गिल्ला गर्दै भन्छन्‌: “खै त तेरो ईश्‍वर?”+  ४  ती दिनहरूको सम्झनाले मेरो मन कटक्क खान्छ,जब म मानिसहरूको जमातमा हिँड्‌थेँ,खुसी मनाउँदै अनि परमेश्‍वरको जयजयकार गर्दै,उत्सव मनाउने भीडसँग रमाउँदैपरमेश्‍वरको घरमा तिनीहरूको अघिअघि म बिस्तारै जान्थेँ।+  ५  म किन यत्ति निराश छु?+यो मन किन यत्ति व्याकुल छ?परमेश्‍वरमा आशा राख+किनकि अझै पनि म उहाँलाई महान्‌ उद्धारकको रूपमा प्रशंसा गर्छु।+  ६  हे मेरा परमेश्‍वर, म असाध्यै निराश छु।+त्यसैले म तपाईँलाई सम्झन्छु,+यर्दन नदीको देशबाट र हर्मोन डाँडाको टाकुराबाटअनि मिजार डाँडाबाट।*  ७  छङछङ गर्दै झर्ने तपाईँको छाँगोको ठूलो आवाज सुनेरगहिरो सागरले गहिरो सागरलाई पुकार्छ।तपाईँका उर्लँदो छालहरूले मलाई छोपेका छन्‌।+  ८  दिनमा यहोवा परमेश्‍वरले मलाई करुणा देखाउनुहुन्छ,रातमा म उहाँबारे गीत गाउँछु​—जीवन दिनुहुने परमेश्‍वरलाई म प्रार्थना गर्छु।+  ९  मेरा परमेश्‍वर, मेरा चट्टानलाई म भन्छु:“तपाईँले मलाई किन बिर्सनुभयो?+शत्रुहरूको थिचोमिचोको कारण म किन दुःखी भएर हिँड्‌नुपरेको छ?”+ १०  शत्रुहरूले गिल्ला गर्दा मेरो हड्डी नै चुरचुर भएझैँ लाग्छ;हरपल तिनीहरू गिल्ला गर्दै यसो भन्छन्‌: “खै त तेरो ईश्‍वर?”+ ११  म किन यत्ति निराश छु?यो मन किन यत्ति व्याकुल छ?परमेश्‍वरमा आशा राख+किनकि अझै पनि म उहाँलाई महान्‌ उद्धारकको रूपमा प्रशंसा गर्छु।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “सानो डाँडाबाट।”