भजनसङ्‌ग्रह १२९:१-८

  • आक्रमण गरिएको तर हराउन नसकिएको

    • सियोनलाई घृणा गर्नेहरू लज्जित ()

उकालीको गीत। १२९  “म सानो छँदादेखि नै तिनीहरू निरन्तर ममाथि आइलागेका छन्‌”+अब इस्राएलले भनोस्‌,  २  “म सानो छँदादेखि नै तिनीहरू निरन्तर ममाथि आइलागेका छन्‌+तर तिनीहरूले मलाई हराउन सकेका छैनन्‌।+  ३  हलो जोत्नेहरूले मेरो पिठिउँमा हलो जोतेका छन्‌;+तिनीहरूले लामा-लामा ड्‌याङ बनाएका छन्‌।”  ४  तर यहोवा न्यायी हुनुहुन्छ;+दुष्टले बाँधेको डोरी उहाँले छिनालिदिनुभएको छ।+  ५  सियोनलाई घृणा गर्नेहरू+ सबै लाजमा पर्नेछन्‌र तिनीहरू बेइज्जती भोगेर फर्कनेछन्‌।  ६  तिनीहरू छानामाथि पलाएका घाँसजस्तै हुनेछन्‌,उखेल्न नपाउँदै ती ओइलाइहाल्छन्‌।  ७  काट्‌नेहरूको मुठी पनि त्यसले भरिँदैनन त बिटा बाँध्नेहरूको अङ्‌गालो नै भरिन्छ।  ८  त्यहाँबाट भएर जानेहरूले यसो भन्‍नेछैनन्‌:“यहोवाको आशिष्‌ तिमीहरूमाथि रहोस्‌;हामी तिमीहरूलाई यहोवाको नाममा आशिष्‌ दिन्छौँ।”

फुटनोटहरू