भजनसङ्‌ग्रह ११४:१-८

  • मिश्रबाट इस्राएलको छुटकारा

    • समुद्र भाग्यो ()

    • पहाडहरू थुमाजस्तै उफ्रिए ()

    • चट्टानबाट पानीको मूल फुट्‌यो ()

११४  जब इस्राएल मिश्रबाट निस्कियो,+जब याकुबको घराना विदेशी भाषा बोल्ने मानिसहरूको बीचबाट निस्कियो,  २  तब यहुदा परमेश्‍वरको पवित्र स्थान* बन्योअनि इस्राएल उहाँको राज्य।+  ३  समुद्रले त्यो देख्यो र भाग्यो;+यर्दन नदी उल्टो बग्न थाल्यो।+  ४  पहाडहरू थुमाजस्तै+अनि डाँडाहरू पाठाजस्तै उफ्रिन थाले।  ५  ए समुद्र, तँ किन भागिस्‌?+ए यर्दन, तँ किन उल्टो बग्न थालिस्‌?+  ६  ए पहाडहरू, तिमीहरू किन थुमाजस्तै उफ्रन थाल्यौ?ए डाँडाहरू, तिमीहरू किन पाठाजस्तै उफ्रन थाल्यौ?  ७  ए धर्ती, प्रभुको कारण थरथर काँप्‌,याकुबका परमेश्‍वरको कारण काँप्‌,+  ८  जसले चट्टानलाई नर्कटको पोखरीमा परिणत गर्नुहुन्छर चट्टानबाट पानीको मूल फुटाउनुहुन्छ।+

फुटनोटहरू

वा “पवित्र ठाउँ।”